पाल्पामा छुट्टाछुट्टै दूर्घटनामा दुईको मृत्यु

पाल्पामा छुट्टाछुट्टै दूर्घटनामा दुईको मृत्यु


पाल्पा, पुष १९

पाल्पामा भएको छुट्टाछुट्टै दूर्घटनामा दुई जनाको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका ३ खस्यौलीको लम्सीको रुख स्थित लु २ ख २१७१ नम्वरको टिपर दुर्घटना हुदा चालक रैनादेवी छहरा गाउँपालिका –५ मुझुङ्गका ४० वर्षीय रामु कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
त्यस्तै माथागढी गाउँपालिका १ चिदीपानीमा लडेर एक पुरुषको मृत्यु भएको छ । स्थानीय ५१ वर्षीय गंगा बहादुर सार्कीको हिड्दा हिड्दै बाटो छेउमा लडेर मृत्यु भएको हो ।घाइते उनलाई उपचारका लागि युनाइटेड मिसन अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी मदन गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस