कहानी एक ‘मान्छेको मासु खाने प्रहरी’ को जसलाई अदालतले रिहा गरिदियो

कहानी एक ‘मान्छेको मासु खाने प्रहरी’ को जसलाई अदालतले रिहा गरिदियो

जबदेखि इन्टरनेट हाम्रो घरमा भित्रिएको छ, यसका सकारात्मक र नकारात्मक पक्षले पनि हाम्रो जीवनमा जरो गाडेको छ । क्याथलिन मेंगन वेलमाथि पनि यस्तै केही भयो । उनका श्रीमान् इन्टरनेटमा धेरै समय बिताउने गर्दथे र यो कुरा क्याथलिनलाई कहिँ कतै खट्किरहेको थियो । एकदिन क्याथलिनको कम्प्युटर खराब हुँदा उनले आफ्ना श्रीमानको सिस्टम प्रयोग गर्न थालिन् ।

क्याथलिनलाई उनका श्रीमानको अन्य महिलासँग चक्कर चलिरहेको हो कि भन्ने शंका थियो । आफ्नो यो शंकाबाट पार पाउन क्याथलिनले आफ्ना श्रीमानको कम्प्युटरमा एउटा यस्तो सफ्टवेयर इन्स्टल गरिदिए जसमार्फत् उनी श्रीमानमाथि निगरानी राख्न सक्थिन् । तर यो जासुसीमार्फत् जे कुरा उनले थाहा पाइन्, त्यो क्याथरिनले कहिल्यै पनि सोचेकी थिइनन् । 

क्याथलिनका श्रीमान् इन्टरनेटमा यातना र यौन हमलाका शिकार भएका महिलाको तस्बिर खोज्ने गर्दथे । यतिमात्रै होइन, उनले जसलाई आफ्नो श्रीमान् ठान्थिन् उनले इन्टरनेटमा ‘महिलालाई अपहरण गर्ने, मान्छेको मासु पकाउने तरिका र गोरा मानिसहरुको गुलामी’ खोजिरहेका थिए । 

अचम्मको यौन इच्छालाई ठाउँ दिने एक वेब फोरममा क्याथलिनका श्रीमानले ‘गर्लमिट हन्टर’ युजरनेममार्फत् मान्छेको मासु खाएको र कसैमाथि यौन हमला गरेको आफ्नो अनुभवबारे निकै विस्तारले पोस्ट गरेका थिए । 

योभन्दा पनि खराब उनले के कुरा पत्ता लगाइन् भने उनका श्रीमान् अन्य पुरुषसँग इन्टरनेटमा महिलालाई कहिले, कहाँ र कसरी अपहरण गर्ने भनेर च्याट गर्दथे । त्यसपछि उनीहरुको हत्या गर्ने र उनीहरुको मासु खाने विषयमा पनि उनीहरु बीच कुरा हुन्थ्यो । ती महिलामा क्याथलिनको नाम पनि समावेश थियो साथै उनका कलेजका साथीदेखि छिमेककी एक किशोरीसम्मलाई आफ्नो शिकार बनाउने बारे उनीहरुले कुरा गरेका थिए । 

गिलबर्टो वेलेको कहानीः

अन्त्यमा, अक्टोबर सन् २०१२ मा उनका श्रीमानलाई पक्राउ गरियो । फेब्रुअरी सन् २०१३ मा जब क्याथलिनका श्रीमानको मुद्दाको सुनुवाई भइरहेको थियो तब आफ्नो बयान दिने बेला उनले भनेकी थिइन्, ‘उनीहरु मेरो खुट्टा बाँधेर मेरो घाँटी काट्न चाहन्थे ता कि रगतको छिर्का टाढासम्म पुगोस् र उनीहरु यसको मज्जा लिन सकून् ।’

यी मानिसहरुमाथि पागलपनको हदसम्म एक प्रकारको यौन इच्छा जागेको थियो जसमा क्याथलिनका श्रीमान् पनि संलग्न थिए । उनीहरु इन्टरनेटमा दुई महिलालाई एक–अर्काको अगाडि नै बलात्कार गरिदिने कुरा गर्दथे ता कि दुबैको डर धेरैभन्दा धेरै बढोस् । यतिमात्रै होइन, उनीहरुको उद्देश्य ती दुबै महिलालाई ‘ओभनमा ३० मिनेटसम्म पकाउने’ पनि थियो । यसो गरेर उनीहरु ती महिलालाई लामो समयसम्म तड्पिरहेको हेर्न चाहन्थे ।

क्याथलिनको बयान सुनेपछि उनका श्रीमान् गिलबर्टो वेले पनि रोएका थिए तर यो कहानी संसारसामू पोखिनु वा खेल खत्तम हुनुअघिसम्म गिलबर्टो वेले न्यूयोर्क प्रहरीका एक यस्ता अधिकारी थिए जोसँग मनोविज्ञानको डिग्री थियो । २८ वर्षका गिलबर्टोको घरमा केही महिना अघि मात्रै छोरीको जन्म भएको थियो । 

गिलबर्टोमाथि इन्टरनेटमा महिलाको अपहरण, बलात्कार, हत्या र मान्छेको मासु खानेबारे षड्यन्त्र रचेको आरोप लागेको थियो । उनीमाथि थुप्रै महिलाको ठेगाना र फोन नम्बर प्राप्त गर्नका लागि सरकारी डाटाबेसको प्रयोग गरेको पनि आरोल लागेको थियो । प्रमाण यति बलियो थियो कि यसलाई उनले कुनै पनि हालतमा अस्विकार गर्न सक्दैनथे । 

गिलबर्टोको वास्तविकता थाहा पाएपछि क्याथलिन डरले आफ्नो आमा–बुवाको घरमा गइन् जहाँबाट उनले एफबीआईसँग सम्पर्क गरिन् र त्यसपछि आफ्नो ल्यापटप र घरको अरु कम्प्युटरसम्म पहुँच दिइन् । अभियोजन पक्षले थुप्रै तर्क दिए । प्रोसिक्यूशनले जब आफ्नो कुरा राखिरहेका थिए तब रेन्डल डब्ल्यू  ज्याकसन नामका वकिलको नाम अघि सारियो । 

मुद्दा र प्रमाणः

यी वकिलसँगको कुराकानीमा गिलबर्टोले एक महिलालाई ओभनमा राख्ने योजना बनाइरहेको बताएका थिए । डार्क वेबमा गिलबर्टोको गतिविधिको कुरा आउँदा उनले अपराधको हरेक स–साना जानकारी त्यहाँ दिएको खुलासा भयो ।

बचाउ पक्षका वकिलले गिलबर्टोविरुद्ध पेश गरिएको प्रमाणको वास्तविकतामाथि आपत्ति जताएनन् । यसको विपरित, उनीहरुले स्विकार गरे कि यो कुनै डरलाग्दो फिल्मजस्तै अचम्मित गरिदिने भयानक थियो । 

यद्यपि, गिलबर्टोको पैरवी गरिरहेका वकिल जुलिया एल. गेटोले उनका क्लाइन्ट र हरर फिल्मबीच एउटा कुरा मेल खान्छ, ‘यो विशुद्ध रुपमा कपोल कल्पना हो जसको वास्तविकतासँग कुनै सम्बन्ध छैन । यो निकै भयानक फ्यान्टेसी हो ।’

वकिल जुलियाले गिलबर्टोको मुद्दालाई मौलिक अधिकारसँग जोड्दै भने, ‘मेरा क्लाइन्टलाई सोच्ने अधिकार छ, आफ्नो कुरा राख्ने अधिकार छ । यहाँसम्म कि कल्पनामा आउने अन्धकारपूर्ण विचार लेख्ने अधिकार पनि छ ।’

यो मुद्दाको दोस्रो पाटो यो पनि थियो कि गिलबर्टोविरुद्ध जतिपनि प्रमाण राखिएका थिए, ती सबैका बावजुल एउटा यस्ता कुनै साक्षी पेश गर्न सकिएन जसले यो प्रमाणित गर्न सकून् कि उनीहरुले कुनै महिलालाई थोरै पनि हानी पुर्याएका छन् । 

‘मान्छेको मासु खाने प्रहरी’

मिडियाले गिलबर्टोलाई ‘मान्छेको मासु खाने प्रहरी’ को ट्याग लगाइदिए । यो मुद्दा ल स्कूलमा अब केस स्टडीको रुपमा पढाइन्छ । कुन विचार समान्य हो र कुन खतरनाक ? यसको कानूनी हद के हो ? गिलबर्टोको केसमा यी सबै हैरान पारिदिने प्रश्न तेर्सिए ।

अपराधको रोकथामको नाममा दखल दिने सही समय कहिले हो ? के इच्छा र फ्यान्टेसी अपराध हुनसक्छ ? गिलबर्टोको मुद्दा हेरिरहेका जुरीले यसको जवाफ ‘हो’ मा दिए । गिलबर्टोलाई अपहरणको षड्यन्त्र रचेको र सरकारी डाटाबेसको प्रयोग गरेकोमा दोषी पाइयो ।
 
उनले इन्टरनेटमा जे पनि लेखे, तीमध्ये उनले केही पनि गरेका थिएनन् तर पनि उनलाई यो सबै लेखेकोमा जेल पठाइयो । तर के यो ती लेखकमा पनि लागू हुँदैन जसले यस्ता किताब लेखे, फिल्म र टिभी शोको स्क्रिप्ट लेख्छन् र जो असाध्यै सफल पनि हुन्छन् । 

यो साँचो हो कि यी लेखकका विपरित गिलबर्टो र जो व्यक्तिसँग उनले यो विचार व्यक्त गरेका थिए, उनीहरुको स्थिती अलग थियो । यस्तो यसकारण थियो किनभने गिलबर्टो यस्तो प्रकारको यौन उत्तेजनाको स्थितीमा थिए, जसका कारण उनले यस्तो स्थितीको कल्पना गरेका थिए । 

तर गिलबर्टोलाई दोषी पाइयो, आफ्नो विचार लेख्नका लागि, अन्य मानिसहरुसँग अपराधको षड्यन्त्र रचेका कारण, त्यसलाई इमेल र अन्य मानिसहरुसँग सेयर गरेका कारण  । उनले जे गरे त्यो अपराधको सुरुवाती अवस्था थियो । 


‘होमिसाइडल आइडिएशन’

गिलबर्टोको स्थितीलाई मनोविज्ञानमा ‘होमिसाइडल आइडिएशन’ भनिन्छ र थुप्रै वैज्ञानिकले यसमाथि अनुसन्धान पनि गरेका छन् । एक अनुसन्धानमा पाइए अनुसार ७३ प्रतिशत पुरुष र ६६ प्रतिशत महिलाको मनमा कसैको ज्यान लिने विचार आयो । नतिजालाई पुष्टि गर्नका लागि जब यो प्रयोग दोहोराइयो तब लगभग त्यहि नतिजा आयो । ७९ प्रतिशत पुरुष र ५८ प्रतिशत महिलाले यो कुरा स्विकार गरे । 

यो शोधमा भाग लिने सहभागीले कसलाई मार्न चाहन्थे ? पुरुषको मनमा आफ्नै सहयोगी वा अपरिचितलाई मार्ने विचार बढी आउको थियो जबकी महिला कुनै कारणसहित परिवारका कुनै सदस्यको विषयमा बढी आशंकित थिए । 


निर्णयविरुद्ध निर्णयः

यो राम्रा विचार होइनन् तर ‘डुविङ इभिल’ नामकी किताबकी लेखक जुलिया श भन्छिन्, ‘जो मानिसहरु भविष्यका लागि मानसिक रुपमा तयार हुँदैनन्, उनीहरु भावनात्मक हुने सम्भावना अत्यधिक रहन्छ र उनीहरुलाई यसका लागि जीवनभरी पछुतो हुन्छ ।’

त्यसैले नराम्रो इच्छाबारे सोचिरहनु राम्रो हुनसक्छ । तर यसको लक्ष्मण रेखा हुनुपर्दैन ? गिलबर्टोको अपिलको सुनुवाई गर्ने न्यायाधिसले भने, ‘गिलबर्टो जहाँ पाइए, त्यो त उनको लक्ष्मण रेखा हुनसक्दैन ।’ ट्रायल कोर्टको जजमेन्टको २१ महिनापछि अपिल कोर्टमा पछिल्लो निर्णय उल्ट्याइयो । 

जज पल गार्डेफले निर्णय सुनाउँदै भने, ‘गिलबर्टो आफ्नी श्रीमती, युनिभर्सिटीका पुराना साथीहरु र परिचितबारे जस्तो विचार राख्दथे त्यसले उनको बिरामी दिमागलाई देखाउँछ तर उनलाई दोषी ठहर गर्ने ठोस् आधार हुन सक्दैन ।’

गिलबर्टोले षड्यन्त्र रचेको भनी जति सटिक प्रमाण हुँदा हुँदै पनि न्यायाधिस पल गार्डेफले ट्रायल कोर्टको निर्णयलाई गलत ठहर गरे । आफ्नो निर्णयमा उनले एक स्थितीलाई उद्धृत गरे जसमा गिलबर्टोले कथित रुपमा सन् २०१२ को सुरुवातमा नै सोमबार तीन महिला अपहरण गर्नका लागि आफ्ना अनलाइन साथीसँग सहमति जताएका थिए । 

ती महिला न्यूयोर्क शहरमा, एक पाकिस्तानमा र एक ओहियोमा थिए । न्यायाधिस पल गार्डेफले भने, ‘गिलबर्टोले वास्तवमा एकै दिन यो सबैकुरा कसरी गर्न सक्छ भनेर कुनै जुरीले पनि निष्कर्ष निकाल्न सक्दैन ।’

गिलबर्टोकी वकिल जुलियाले सन् २०१४ को जुलाई महिनामा मुद्दा जितेपछि अदालतबाट बाहिर हुँदै भनिन्, ‘गिलबर्टो आफ्नो अपरम्परागत सोचका लागि दोषी हुन् । हामी कसैको विचारका लागि पुलिसिङ गर्न सक्दैनौं । सरकारले हाम्रो दिमागमा निगरानी गर्नु हुँदैन ।’

सन् २०१६ मा सार्वजनिक भएको किताब ‘र डिल, द अनटोल्ड स्टोरी अफ एनवाइपीडीस क्यानिबल कप’ लाई गिलबर्टले ब्रायन ह्वाइटनीसँग मिलेर लेखेका थिए । किताबका प्रकाशक ‘वाइल्ड ब्लू प्रेस’ ले किताब छापिएको कारणबारे जानकारी दियो । यसमा लेखिएको छ – लेखको कल्पनामा महिलासँग जस्तो व्यवहार गरिन्छ, जनताको बहुमत जस्तै, म पनि यो कुरा मन पराउदिनँ ।

किताबको अग्रलेखमा लेखिएको छ, ‘तर यो सोच्नु महत्वपूर्ण हुन्छ कि जब कुनै विचारले आफ्नो हद पार गर्छ तब अपराध बन्ने गर्छ ? यस्तो अवस्थामा यसबारे सोच्नुपर्छ ….’

यो किताबपछि गिलबर्टोले चार उपन्यास लेखेका छन् अब उनी ती चिज बेचेर पैसा कमाइरहेका छन् जुन उनी गोप्य रुपमा लेख्ने गर्छन् । – बीबीसी

प्रतिक्रिया दिनुहोस