विद्यार्थीमा काेराेना देखिएपछि तानसेनकाे सेन्ट क्यापितानियाे स्कुल बन्द!

विद्यार्थीमा काेराेना देखिएपछि तानसेनकाे सेन्ट क्यापितानियाे स्कुल बन्द!

सेन्ट क्यापितानियाे स्कुल तानसेनका एक विद्यार्थीमा काेराेना देखिएपछि विद्यालय बन्द भएकाे छ । कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीमा काेराेना पुष्टि भएकाेले कक्षा ७ देखी १० सम्मका विद्यार्थीकाे भाैतिक उपस्थितिकाे पढाइ बन्द गरिएकाे हाे ।

कक्षा ७ देखी कक्षा १० सम्मका विद्यार्थीहरूलाइ अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्ने गरि पाँच दिनका लागि भाैतिक उपस्थितिमा पठनपाठन बन्द गरिएकाे विद्यालयले जनाएकाे छ । विद्यालय प्रिन्सिपल एनिस जाेसेफले कक्षा १० मा अध्ययन गर्ने विद्यार्थिमा काेराेना पुष्टि भएकाेले तानसेन नगरपालिकासँगकाे सल्लाहमा ५ दिनकाे लागि विद्यालय बन्द गर्ने निर्णय गरेकाे बताइन् । उनी भन्छिन्, काेभिड देखिएका विद्यार्थीमा अभिभावकबाट सरेकाे रहेछ । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै ७ देखी १० सम्म पढाउने शिक्षकहरूलाइ पनि घरमै अाइशाेलेशनमा बस्न भनेका छाैं । नगरपालिकाकाे निर्देशन अनुसार स्वास्व परीक्षण गरेर विद्यालय सुचारू हुन्छ । उनले ७ देखी १० पढाउने शिक्षकहरू र विद्यार्थीहरू अन्य कक्षाका विद्यार्थीहरूसँग घुलमिल नभएका कारण अन्य कक्षा भने यथावत् रूपमै सञ्चालन हुने बताइन् ।

सेन्ट क्यापितानियाे स्कुल व्यवस्थापन समितिका अध्यक्ष सागरमान महर्जनले तानसेन नगरपालिकाकाे शिक्षा समिति समेत अनुगमन गएर अधिकतम स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्न र गराउन विद्यालयसँग छलफल गरेकाे बताए । उनले भने, विद्यार्थीहरू विद्यालयमा पनि मापदण्ड पालन गरकै थिए, अन्यमा नसराेस् भन्नका लागि केहि समय कक्षा ७-१० विद्यार्थीलाइ अनलाइन माध्यमबाटै पढाइ सुरू भैसकेकाे छ ।

यता तानसेनका विद्यालयका केहि सामुदायिक र संस्थागत विद्यालयका शिक्षकमा काेराेना पुष्टि भएर पूनः विद्यालयमा फर्केका छन् । यस्ताे अवस्थामा पनि विद्यार्थीहरू बीचमा भाैतिक दूरी अपनाउने, सेनिटाइजेशन गर्ने तथा हात धुने, मास्क र सेनिटाइजरकाे प्रयाेग गर्नमा कञ्युस्याइ गरिएकाेमा अभिभावकहरूले भने चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस