सरकारको विरुद्ध आन्दोलन गर्ने नेकपा पाल्पा प्रचण्ड-नेपाल समूहको निर्णय

सरकारको विरुद्ध आन्दोलन गर्ने नेकपा पाल्पा प्रचण्ड-नेपाल समूहको निर्णय

पाल्पा– नेपाल कम्प्यूनिष्ट पार्टी (नेकपा) पाल्पाको जिल्ला कमिटिको चौथो बैठक पार्टीका जिल्ला सचिव राजेन्द्र विकको अध्यक्षतामा सम्पन्न भएको छ । नेकपा पाल्पाका अध्यक्ष नारायण प्रसाद अाचार्य अाेली समूहमा भएका कारण नेकपा प्रचण्ड-नेपाल समूहकाे अध्यक्षता सचिवले गरेकाे स्राेतकाे दावी छ ।

बैठकमा जिल्ला इन्चार्ज सोमप्रसाद पाण्डेयको प्रमुख अतिथित्यता, विशिष्ट अतिथि तुलाराम घर्ती जिल्ला सह–इन्चार्ज, विशिष्ट अतिथि केन्द्रीय सदस्य ठाकुर गैरे, संचालन जिल्ला कार्यालय सदस्य क. कमल पाण्डे, स्वागत कार्यालय सदस्य मथुरा ढकाल लगायत बहुमत जिल्ला कमिटिका सदस्यहरूको उपस्थिति रहेको थियो ।

बैठकले पार्टीको वर्तमान अवस्थाको बारेमा गहन छलफल गरी सरकार विरुद्ध शसक्त आन्दोलन गर्ने देखिका विभिन्न निर्णयहरू गरेको जिल्ला सचिव राजेन्द्र विकद्वारा जारी प्रेस वक्तव्यमा जनाएको छ ।

बैठकका निर्णयहरुः

· बैठकले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट स्वीकृत भई संघीय संसद प्रतिनिधि सभा संसद विघटन गर्ने निर्णय प्रतिगामी, असंवैधानिक, अलोकतान्त्रिक, पश्चगामी एवम् स्वेच्छाचारी कदम ठहर गर्दै उक्त गैरसंवैधानिक निर्णयको विरूद्ध शसक्त संघर्ष गर्ने निर्णय गर्यो ।

· संविधानको व्याख्या गर्ने जिम्मेवारी प्राप्त अंग सर्वोच्च अदालत साथै राजनैतिक दलको बैधानिकताबारे निर्णय गर्ने निकाय निर्वाचन आयोगबाट हाम्रो संविधान ऐन, नियम र कानून बमोजिम न्याय संगत फैसला हुने विश्वास व्यक्त गर्दै निरंकुश प्रतिगामी र असंवैधानिक कदमका विरूद्ध सबै राजनीतिक दल, पेशागत संघ, संगठन नागरिक समाज, मिडिया सबैलाई आन्दोलनमा साथ दिन अपिल गर्यो ।

· बैठकले पार्टी केन्द्रको निर्देशन अनुसार यही १४ गते तानसेनमा हुने वृहत जनप्रर्दशनमा सहभागी हुन सम्पूर्ण पाल्पालीमा अनुरोध गर्ने निर्णय गरेकाे नेकपा पाल्पाले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस