तानसेनका ८ सय युवालाइ उद्यमशील बनाउँदै रेडा

तानसेनका ८ सय युवालाइ उद्यमशील बनाउँदै रेडा

पाल्पा, पुस १२
ग्रामिण आर्थिक विकास संघ (रेडा) पाल्पाले तानसेनका आठ सय युवालाइ राेजगार बनाउने अभियानमा लागेकाे छ । तानसेन नगरपालिकाको सहकार्य र संयुक्त राष्ट्र संघीय कार्यक्रमको सहयोगमा युवा स्वरोजगार लक्षित कार्यक्रमका सञ्चालन गरिएकाे हाे ।

तानसेनमा आयाेजित पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै रेडाका कार्यकारी निर्देशक लिलाबहादुर कार्कीले तानसेनका सबै वडाका झण्डै आठ सय युवालाइ राेजगार बनाउने अभियानमा लागि परेकाे बताए । उनी भन्छन्, ‘युवाहरूले उर्जाशील समय देशका लागि खर्च गर्न सकुन् भन्ने उद्देश्यले युवा उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरिएकाे छ । युवालाइ माेटसाइकल मर्मत, करूवा बनाउने, जुत्ता बनाउने, ढपरी बनाउने, तरकारी उत्पादन तथा बजारीकरण ढाका बुन्ने, बाख्रापालन तथा अन्य उद्यममा सहयाेग गर्ने गरि कार्यक्रम सञ्चालन भएकाे छ । गत वर्ष तयार भएका १ सय १३ उद्यमीलाइ पनि क्रमश उनीहरूकाे समस्या समाधान गर्ने गरि सहयाेगका कार्यक्रम राखेकाे छाैं ।’

तानसेन नगरसरकारका नगर प्रमुख अशोक कुमार शाहीले युवाका लागि उद्यमशील कार्यक्रमहरू प्रशस्त ल्याए पनि युवामा जाेश र जाँगरकाे कमीका कारण कार्यक्रममा युवाकाे सहभागिता न्यून हुने गरेकाे बताए । ‘हामीले जागीर गुमाएका युवालाइ राेजगार गराउने गरि विभिन्न कार्यक्रम ल्याएका छाैं तर तालिम, सहयाेग तथा अनुदान माग गर्ने वैदेशिक राेजगारबाट फर्केका युवा अाएका छैनन्, नगर प्रमुख शाहीले भने, सूचनामा वडामा राेजगार गुमाएका युवा देखिन्छन् तर युवा यहाँकाे कार्यक्रममा अाकर्षित हुन सकेका छैनन् खै किन हाे मलाइ पनि थाहा छैन । तर युवाका लागि कुनै पनि कार्यक्रमकाे कमी छैन ।’

नगर प्रमुख शाहीले युवा उद्यमशीलता बारे स्वयं युवाहरुमै सचेतनाको कमी भएकाले कार्यक्रममा न्यून सहभागिता भने देखिएको बताउदै कोभिड १९ का कारण विदेशबाट रोजगारी गुमाएका र स्वदेशमै स्वरोजगार बन्न चाहेका युवाहरुलाई सीप र क्षमता विकासका साथै स्वरोजगार बन्ने अवसर यो कार्यक्रमले दिएको बताए ।

काेभिड १९ प्रतिकार्य तथा सामाजिक अार्थिक पूनःप्राप्तीका लागि युवा उद्यमशीलता विकास परियाेजना तानसेनमा २०२० अगष्टदेखी सुरू भएकाे हाे । तानसेन नगरपालिकाकाे कूल १ कराेड ९१ लाख र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमकाे कूल १ कराेड १२ लाख १८ हजार २ सय रूपैयाँकाे परियाेजना २०२१ मेसम्म सञ्चालन हुने रेडा पाल्पाले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस