माथागढी गाउँपालिकामा कक्षा १ र ६ मा स्थानीय पाठ्यपुस्तक

माथागढी गाउँपालिकामा कक्षा १ र ६ मा स्थानीय पाठ्यपुस्तक

गजेन्द्र पन्थी

पाल्पा, माथागढी

माथागढी गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक निर्माण गरेकाे छ । गाउँपालिकाले कक्षा १ र ६ मा स्थानीय पाठ्यक्रमकाे आधारमा हाम्राे माथागढी नामकाे पाठ्यपुस्तकनै निर्माण गरि लागु गर्न लागेकाे हाे ।

माथागढी गाउँपालिकाले निर्माण गरि प्रकाशन गरेकाे स्थानीय पाठ्यपुस्तककाे लाेकार्पण भएकाे छ । नेपालमै स्थानीय पाठ्यक्रम निर्माण गरि लागु गर्ने पहिलाे गाउँपालिका माथागढी गाउँपालिकाले गत बर्ष कक्षा १ र ६ मा १०० पुर्णाङ्ककाे स्थानीय पाठ्यक्रम निर्माण गरि लागु गरेकाे थियाे ।

यसै गरि याे बर्ष  गाउँपालिकाले कक्षा २,३ ,४ र ७ काे पनि स्थानीय पाठ्यक्रम निर्माण गरि सकेकाे छ । गाउँपालिकाकाे कार्यालयमा बसेकाे प्रधानाध्यापकहरुकाे बैठकमा कार्यक्रमकाे प्रमुख अतिथि गाउँपालिकाकाे उपाध्यक्ष निर्मला भट्टराई र प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले स‌ंयुक्त रुपमा पुस्तककाे लाेकार्पण गर्नु भएकाे हाे । कार्यक्रममा स्थानीय पाठ्यक्रम निर्माण समितिका स‌ंयाेजक अशेष भट्टराईले पाठ्यपुस्तकले समेटेका विषय बस्तु र क्षेत्रका बारेमा प्रष्ट पार्नु भयाे । कार्यक्रमकाे प्रमुख अतिथि गाउँपालिकाकाे उपाध्यक्ष निर्मला भट्टराईले स्थानीय पाठ्यक्रमले गर्दा माथागढी गाउँपालिकालाइ चिनाएकाे र यसले हाम्राे लाेपाेन्मुख सँस्कृतिहरु र स्थानीय रहन सहनलाई समेत उजागर गरेकाे बताउनु भयाे । यसै गरि गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले स्थानीय पाठ्यक्रमले गर्दा विद्यार्थीहरुलाई आफ्नाे माैलिक पक्षहरुकाे बारेका जान्ने र बुझ्ने माैका मिल्ने र स्थानीय सँस्कृतिकाे सम्बद्धन र संरक्षण गर्न समेत सहयाेग पुग्ने बताउनु भयाे ।

छ सदस्यीय  स्थानीय पाठ्यक्रम निर्माण समितिकाे सल्लाहकारहरुमा  गाउपालिकाकाे अध्यक्ष सन्ताेष कुमार थापा, उपाध्यक्ष निर्मला भट्टराई ,प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल ,वरिष्ठ सँस्कृति कर्मी नारायण रायमाझी, दुर्गा रायमाझी र शिक्षा युवा तथा खेलकुद शाखा संयाेजक गजेन्द्र पन्थी रहनु भएकाे छ । आगामी बर्ष पालिकाले कक्षा २, ३, ४ र ७काे पनि १०० पुर्णाङ्ककाे पाठ्यपुस्तक प्रकाशन गरि प्रयाेगमा ल्याउने भएकाे छ । कार्यक्रम शिक्षा युवा तथा खेलकुद शाखाकाे संयाेजक गजेन्द्र पन्थीकाे संञ्चालन र किसान मा वि का प्रधानाध्यापक तुलाबहादुर सारुकाे अध्यक्षतामा चलेकाे हाे ।

प्रतिक्रिया दिनुहोस