नेकपा पाल्पा प्रचण्ड-नेपाल समूहकाे बैठक चल्दै

नेकपा पाल्पा प्रचण्ड-नेपाल समूहकाे बैठक चल्दै

पाल्पा, पुस १२

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) पाल्पाकाे जिल्ला कमिटीकाे चाैथाे बैठक पाल्पामा चल्दै छ । बैठकमा नेकपा प्रचण्ड-नेपाल समूहका नेताकाे मात्र सहभागिता रहेकाे बुझिएकाे छ ।

नेपाल रेडक्रस साेसाइटी पाल्पाकाे सभाहलमा नेकपा पाल्पाकाे बैठक बसिरहेकाे र महत्वपूर्ण निर्णयहरू गर्ने नेकपा पाल्पाका इन्चार्ज साेम प्रसाद पाण्डेले सेराेफेराेलाइ बताए । भेला चलिरहेकाे छ भेलामा अधिकांश नेताहरूकाे सहभागीता रहेकाे पाण्डेले बताए ।

पाल्पा प्रचण्ड-नेपाल समूह नेकपाकाे बैठकमा नेताहरू साेम प्रसाद पाण्डे, ठाकुर गैरे, तुलाराम घर्ती वसन्त, नेत्र पाण्डे, राजेन्द्र विक लगायतका नेताहरूकाे सहभागिता रहेकाे बुझिएकाे छ । बैठककाे अध्यक्षता राजेन्द्र विकले गरेका छन् भने सञ्चालन कार्यालय सदस्य कमल पाण्डेले गरेका छन् । भेलालाइ साेम पाण्डे, ठकुर गैरे, यादव बहादुर रायमाझि, वसन्त घर्ती लगायतले सम्बाेधन गर्दै छन् ।

यता नेकपा पाल्पाका अध्यक्ष नारायण प्रसाद अाचार्यले अाइतबार बिहान १० बजे फेसबुकमा एक सूचना प्रकाशित गर्दै कुनै बैठक तथा भेला नराखिएकाे र आधिकारिक सुचना बिना भेला, बैठकमा उपस्थित नहुन सम्पुर्ण जिल्ला तथा मातहतका कमिटीका अनुरोध गरेका थिए ।

हेर्नुहाेस् नेकपा पाल्पाका अध्यक्ष नारायण प्रसाद अाचार्यले जारी गरेकाे सूचना…

जरूरी सुचना । हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी पाल्पाको कुनै बैठक, भेला आयाेजना नगरिएकाे र पार्टी जिल्ला कार्यालयकाे आधिकारिक सुचना बिना भेला, बैठकमा उपस्थित नहुन सम्पुर्ण जिल्ला तथा मातहतका कमिटीका कमरेडहरूलाई अनुरोध छ । नारायण प्रसाद आचार्यअध्यक्षनेपाल कम्युनिष्ट पार्टी( नेकपा) पाल्पा

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) पाल्पाकाे जिल्ला कमिटीकाे चाैथाे बैठकमा जिल्ला कमिटिका १ सय ४४ मध्ये ८७ जनाकाे सहभागिता रहेकाे छ । भेलाले पुस १४ गते विराेधसभालाइ सफल पार्नेकाे लागि महत्वपूर्ण निर्णय गर्ने बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस