माथागढीमा ४ हजार बढी बिपन्नहरुकाे निशुल्क बिमा

माथागढीमा ४ हजार बढी बिपन्नहरुकाे निशुल्क बिमा

गजेन्द्र पन्थी, माथागढी पाल्पा

माथागढी,पाल्पा( जिल्लाको माथागढी गाउँपालिका ८, बहादुरपुरमा विपिसँग स्वास्थ्य बिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले माथागढी गाउँपालिकाले हरेक वर्ष ८ वटै वडाका विपन्न नागरिकको परिवार, असहाय,अशक्त,अपांग, एक महिला, जेष्ठ नागरिक र दीर्घरोगी लगायतकालाई स्वास्थ्य सेवामा निशुल्क पहुँच पुगोस् भन्ने उद्धेश्यले वि।पि।सँग स्वास्थ्य बिमा कार्यक्रम अघि ल्याएको बताउनु भयो । उहाँले यो कार्यक्रम मार्फत प्रत्येक वर्ष गाउँपालिका भित्रका ८ सय घर परिवारका ४ हजार नागरिकले ८ करोड बराबरको निशुल्क स्वास्थ्य सेवा प्राप्त गर्ने समेत जानकारी गराउनु भयो।

यसै गरि प्रमुख अतिथि थापाले ( गाउँपालिकामा आफूहरु जनप्रतिनिधिको रुपमा आएसँगै गाउँपालिकाको हरेक वडामा निशुल्क बर्थिङ सेन्टर र निशुल्क ल्याब सेवा संचालन गरि स्वास्थ्य सेवा र सुविधा प्रदान गर्दै आएको बताउनु भयो यसै गरि बर्थिङ्ग सेन्टरमा नियमपूर्वक स्वास्थ्य जाँच गर्ने गर्भवती तथा सुत्केरी महिलालाई जनही पच्चिस सय रूपैयाँ।रु २५००र( बराबरको प्रोत्साहन रकम दिइदै आएको बताउनुभयो । कार्यक्रमको विशिष्ठ अतिथि माथागढी गाउँपालिकाको उपाध्यक्ष निर्मला भट्टराईले गाउँपालिकाले उपाध्यक्ष सँग हरियो झण्डा र अण्डा कार्यक्रम ल्याइ गर्भवति तथा सुत्केरी आमाहरुलाई सहयोग गरेको बताउनु भयो । कार्यक्रममा गाउँकार्यपालिका सदस्य सावित्रा पन्थीले निशुल्क बिमा कार्यक्रमले विपन्न असहाय र अपाङ्ग लगायतलाई निकैनै सहयोग पुर्याएको बताउनु भयो ।

कार्यक्रममा वडा नं ८, बहादुरपुरका विपन्न, असहाय, अशक्त, अंपाग, जेष्ठ नागरिक, एकल महिला र दीर्घ रोगी लगायत ८० घर परिवारका नागरिकहरुको निशुल्क विपिसँग स्वास्थ्य बिमा गरिएको थियो । कार्यालय सहायक मोहन रानाले संञ्चालन गर्नुभएको कार्यकक्रम वडा नं ८ का वडा अध्यक्ष डिल बहादुर ढेगाको अध्यक्षतामा चलेको हो ।

प्रतिक्रिया दिनुहोस