रिब्दीकोटमा शनिबार पनि परीक्षा

रिब्दीकोटमा शनिबार पनि परीक्षा


पाल्पा, पुष ११


पाल्पाको रिब्दीकोट गाउँपालिकाले आफ्नो पालिका भरका बिद्यालयहरुमा शनिबार समेत परीक्षा सम्पन्न गरेको छ । कोरोनाका कारण बिद्यालय बन्द भएपछि शनिबार समेत परीक्षा गर्नु परेको रिब्दीकोट गाउँपालिका परीक्षा समितीका संयोजक रुद्रप्रसाद आचार्यले बताउनुभयो ।

स्वास्थ्यका मापदण्ड पालना गर्दै परीक्षाहरु सहज ढंगबाट भईरहेको गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले बताउनुभयो ।गाउँपालिका भरका ३७ वटा बिद्यालयमा परीक्षा संम्पन्न भएको हो । परीक्षा पुष ५ गतेबाट सुरू भएर पुष १२ गते सकिने शिक्षक अर्जुन आचार्यले बताउनुभयो ।

गाउँपालिका शिक्षा शाखा प्रमुख मणिप्रसाद खनालले शनिबार समेत परीक्षा सफल गराउन सहयोग गर्ने बिद्यार्थी,शिक्षक तथा अभिभावकलाई धन्यवाद ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस