बहादुरपूरमा स्वास्थ्य चौकी भवन र वडा भवन निर्माण हुने

बहादुरपूरमा स्वास्थ्य चौकी भवन र वडा भवन निर्माण हुने

गजेन्द्र पन्थी, पाल्पा (माथागढी)

माथागढी गाउँपालिका वडा नं.-८,काे बहादुरपूरमा  स्वास्थ्य चौकी भवन र वडा भवन निर्माण हुने भएकाे छ । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष सन्तोष कुमार थापाले भवनकाे शिलान्यास गर्दै  जनताहरुका आधारभूत तहको आवश्यकता स्वास्थ्य सेवा र सुविधा प्राप्त गर्नु रहेकोले यो सेवा प्रदान गर्न आफ्नो र गाउँपालिकाबाट कुनै कसर बाँकी नराख्ने बताउनुभयो। 

उहाँले  निर्माण हुँदै गरेको भवन समयमै सम्पन्न गर्न र नपुग थप लागत पुनः अर्को आर्थिक वर्षमा राखिने जानकारी समेत दिनुभयो । यसै गरी- कोरोनाको विषम परिस्थितिका बाबजुद पनि गाउँपालिककले जनतासँग कबाेल गरेका कुराहरु व्यवहारमा कार्यान्वयन गर्दै आएकाे बताउनु भयाे । हामी गाउँपालिकामा जनप्रतिनिधिको रुपमा चयन भएसँगै गाउँपालिका भित्रका सर्वाङ्गिण क्षेत्रलाई प्राथमिकतामा राखी कार्यतालिकाको आधारमा काममा लागेकाे समेत उहाँले बताउनु भयाे। 

शिलान्यास कार्यक्रमकाे विशिष्ठ अतिथि गाउँपालिकाकाे   उपाध्यक्ष निर्मला भट्टराईले हामी हाम्रो गाउँपालिका भित्रका हरेक वडाको विकास निर्माण कार्यलाई प्राथमिकता दिईरहेकाे र न्यायिक समिति मार्फत पनि स्थानीय तहमा न्याय निरुपरणकाे कार्य हुदै आएकाे बताउनु भयाे । बहादुरपूर स्वास्थ्य चौकी निर्माणको कुल लागत रु. ६० लाख रहेकोमा सन्त कन्ट्रक्सनले  ४५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ भने वडा भवन कार्यालय कुल ३० लाख रुपैयाँकाे लागतमा बन्ने भएको छ।   कार्यक्रममा  गाउँकार्यपालिका सदस्य सावित्रा पंन्थी,नेकपा प्रतिनिधि राजेश कुमार नेपाली, ने का प्रतिनिधि कमान सिं बारघरेले बिकास निर्माण र जनताकाे सहभागिताकाे बारेमा बाेल्नु भएकाे थियाे । 

वडा न‌ं-८ काे  वडा सदस्य लाली सरा ढेंगाको स्वागत मन्तव्यबाट संञ्चालन भएको कार्यक्रमकाे  संचालन वडा नं.-८ का कार्यालय सहायक मोहन रानाले गर्नुभएको थियो। कार्यक्रम वडा नं.-८ का वडा अध्यक्ष दिल बहादुर ढेंगाकाे अध्यक्षतामा चलेकाे हाे । 

प्रतिक्रिया दिनुहोस