माथागढीका सामुदायिक विद्यालयहरुमा सेनेटरी प्याड वितरण

माथागढीका सामुदायिक विद्यालयहरुमा सेनेटरी प्याड वितरण

गजेन्द्र पन्थी, पाल्पा (माथागढी)

२०७७ पाैष ७

पाल्पा- जिल्लाको माथागढी गाउँपालिकाले गाउँपालिका अन्तर्गतका १० ओटा मा‍ वि र ४ ओटा आधारभूत तहका सामुदायिक विद्यालयहरुमा अध्ययनरत छात्राहरुकाे लागि महिनावारीकाे समयमा प्रयाेग गर्ने सेनेटरी प्याड वितरण कार्यक्रम शुरु गरेकाे छ ।

गाउँपालिकाकाेआर्थिक सहयोगमा  शिक्षा  तर्फकाे कार्यक्रम अन्तर्गत याे कार्यक्रमकाे शुरुवाद गरिएकाे हाे माथागढी गाउँपालिका वार्ड नं ४ काे रत्न माध्यमिक विद्यालयबाट बितरण कार्यक्रम शुरु गरेकाे हाे । कार्यक्रमकाे प्रमुख अतिथि गाउँपालिकाकाे उपाध्यक्ष तथा सेनेटरी प्याड बितरण अनुगमन समितिकाे संयाेजक निर्मला भट्टराईले रत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक निर बहादुर सारुलाई सेनेटरी प्याड हस्तान्तरण गर्दै गाउँपालिकाले विद्यालयका छात्राहरु महिनावारीकै कारणले पढाइ छाेड्न नपराेस भनेर कार्यक्रम ल्याएकाे बताउनुभयाे ।

कार्यक्रममा स्वास्थ्य शाखाका संयाेजक केशव जि‍ सी ले महिनावारीकाे बेला छात्राहरुलाई सरसफाइकाे झनै आवश्यकता पर्ने भएकाले र स्वास्थ्य समस्या कम गर्न यसले सहयाेग गर्ने बताउनु भयाे । कार्यक्रम शिक्षा शाखाका संयाेजक गजेन्द्र पन्थीकाे सञ्चालन र रत्न माध्यमिक विद्यालयका विद्यालय ब्यव्स्थपन समितिका अध्यक्ष हुम बहादुर सारुकाे अध्यक्षतामा चलेकाे हाे । हिजै  गाउँपालिका अन्तर्गतका  दिव्य ज्योति मा.वि. सराई,  कर्णधार मा.वि., रुप्से, विक्रम अधारभूत विद्यालय सिकारकाेटमा सेनेटरी प्याड पुर्याइएकाे  थियाे ।

गाउँपालिका अन्तर्गतका १४ ओटा सामुदायिक विद्यालयहरुमा अध्ययन गर्ने १३ सय ३५ छात्राहरुले याे सुविधा प्राप्त गर्ने भएका छन् । 

प्रतिक्रिया दिनुहोस