माथागढीकाे खहरे-सिमलधारा बस सेवा

माथागढीकाे खहरे-सिमलधारा बस सेवा

गजेन्द्र पन्थी

माथागढी (झडेवा), पाल्पा

माथागढी गाउँपालिका अन्तर्गतको  “पाल्पा-खहरे-फेदी-ज्यामिरे-दान्सिघा-गोफदी हुँदै गढिबारी-सिमलधारा” मा पहिलो चोटी बस पुगेकाे छ। उक्त स्थान सम्म बस पुर्‍याउन अहम भुमिका खेल्ने बस ब्यबसायी सुदर्शन रायमाझी ,अनिल थापा,चालक- भिमु र वडा नं.-४, झडेवाका वडा- अध्यक्ष मधु पराजुली लगायतलाई खुशी साटासाट गरि त्यहाँका स्थानीय बासीहरुले फुलमाला र अबिर लगाई भव्य स्वागत गरेका थिए।

पहिलाे पटक गाउँमा बस पुगे पछी खुशी हुदै स्थानीय राम बहादुर वि‍ क ले बल्ल आफुले स्थानीय सरकार जनता सँग रहेकाे अनुभुति गरेकाे बताउनु भयाेे । कार्यक्रममा वार्ड न‌ं ४का वडा अध्यक्ष मधु पराजुलीले अब स्थानीयहरुकाे यातायातकाे समस्यालाई समाधान गर्न र स्थानीय स्तरमा उत्पादित कृषी सामाग्रीहरुलाई बजार सम्म लगि बिक्री गरी आए आर्जन गर्न समेत सहयाेग हुने बताउनु भयाे ।स्थानिय समाज सेवि जिवन रायमाझीले अब गाउँलेहरुले आय आर्जन तर्फ ध्यान दिनु पर्ने बताउनु भयाे ।  अब मौसमको अनुकुलता  रहँदासम्म निरन्तर बस संचालन गरिदिन पनि स्थानीयहरुले अनुराेध गरेका थिए।

कार्यक्रममा वडा अध्यक्ष पराजुलीले आफ्नै कार्यकालमा नै रम्भा गाउँपालिकाको हुमिन र पूर्वखोला गाउँपालिकाको देवीनगरसँग समन्वय गरि माथिल्लो मकले हुँदै देवीनगर सम्म बाटोको स्तरोन्नती गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस