सात पोखरी माध्यमिक विद्यालयलकाे ५८ औं वार्षिकोत्सव

सात पोखरी माध्यमिक विद्यालयलकाे ५८ औं वार्षिकोत्सव

गजेन्द्र पन्थी, झडेवा

पाल्पा, पाैष ५

माथागढी गाउँपालिका वार्ड न‌ं-६,गोठादीकाे सात पोखरी माध्यमिक विद्यालयलकाे ५८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएकाे छ । 
 कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दुर्गा प्रसाद काफ्लेले विद्यालयका गतिविधिको बारेमा जानकारी गराउदै १ करोड १० लाख बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले विद्यालयको शैक्षिक सफलताको शुभकामना दिदै माथागढी गाउँपालिकाले शिक्षाकाे गुणस्तर वृद्धि गर्न विभिन्न कार्यक्रमहरु अघि ल्याएकाे बताउनु भयाे । उहाँले विद्याालयलाई राजनैतिक हस्तक्षेपबाट मुक्त गर्नु पर्ने कुरामा जाेड दिदै शैक्षिक गुणस्तरण बृद्धि गर्दै जानुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक सेर बहादुर थापा, शिक्षक केशव पौडेल, सिताराम वली, अक्षकोषदाता उमा भट्टराई लगायतले शुभकामना दिनु भएकाे थियो ।

सोही अवसरमा विद्यालयमा विभिन्न प्रतियोगितामा  प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरु लाई पुरस्कार तथा सम्मान समेत गरिएको थियो । वार्षिकाेत्सव कार्यक्रम विद्यालय ब्वस्थापन समितिका जेष्ठ सदस्य तथा  वडाअध्यक्ष रनबहादुर खाम्चाको अध्यक्षतामा चलेकाे हो ।

प्रतिक्रिया दिनुहोस