बालकार्य कि बालश्रम?

बालकार्य कि बालश्रम?

पुष्करराज रेग्मी
मानव अधिकारकर्मी

सन् १९८९ मा संयुक्त राष्ट्र संघको महासभाबाट बालअधिकार महासन्धि पारित भयो । तर बालअधिकार सम्बन्धी अवधारणा सन् १९२३ मै बालबचाउ संस्थाकी संस्थापिका एक्लैन्टाइन जेवले ल्याएकी थिइन । यो अवधारणालाई तत्कालीन लीग अफ नेसन्सले सन् १९२४ मा मान्यता दिइसकेको थियो । बालअधिकार सम्बन्धी महासन्धिको धारा १ अनुसार राष्ट्रिय कानूनले बाल्यवस्थाको न्यूनतम उमेर नतोकी दिएसम्म १८ वर्ष मुनिका सबै बालबालिका मानिनेछ भनि उल्लेख गरेको पाइन्छ ।
समग्रमा सन् १९८९को बालअधिकार महासन्धिका आधारभूत सिद्धान्तहरूनिम्नलिखित उल्लेख गर्न सकिन्छ । पहिलो भेद्भाव रहित, दोस्रो बालबालिकाको सर्बाेत्तम हित, तेस्रो दीर्घजीवन र विकास, चौथो बालबालिकाको विचार र भावनाको कदर हुन आउँछ । यीचार सिद्धान्तलाई अझविस्तृत रुपमा बुझ्नको लागिअर्थात बालबालिकालाई सरलीकृत तरिकाले बुझ्नको लागि बालअधिकारलाई बाँच्नपाउने अधिकार, संरक्षण पाउने अधिकार, विकास गर्ने अधिकार र सहभागी हुने अधिकार गरी चार समूहमा विभाजन गरिएको पाइन्छ ।
नेपालले सन् १९९० मा बालअधिकारको लागि विश्वव्यापी घोषणापत्रको मर्मअनुसार कार्य योजना तर्जुमा ग¥यो । सन् १९९० मै सिविन नेपालको औपचारिक रुपमा दर्ता भयो । बालअधिकार बालसंरक्षण सम्बन्धी क्षेत्रमाकामहरू गर्दैआएको छ । नेपालले सन् १९९२ मा स्वदेशभित्रको लागिबालअधिकार सम्बन्धीकानूनतर्जुमा गरी लागू ग¥यो । नेपालको अन्तरिम संविधान समेत बालअधिकारको पक्षमा स्पष्ट व्यवस्थागरिएको छ । मातृभाषामाशिक्षादिने र निःशुल्कशिक्षादिने कार्यपनि बालअधिकारकै उपलब्धि हो । सबैको लागि शिक्षा १९९० को घोषणा पत्रानुसार पनि klgEarly childhood development का लागि समेत विशेष ध्यान दिन थालियो । दशौं योजना, अन्तरिम त्रिवर्षीय योजना, त्रिवर्षीय योजना, नेपालको संविधान, राष्ट्रिय योजना, सबै खाले अन्तराष्ट्रिय प्रतिबद्धताहरूलाई मनन् गर्दै नेपालले बालअधिकारको संरक्षण र विकासमा दृष्टि पु¥याइएको छ ।
बालअधिकारको ऐनमा बालबालिकाको हक अधिकारको सुनिश्चित गरिएको छ । तर पनि कतिपय क्षेत्रमा कानूनको कार्यान्वयन न सकिरहेको छैन । यसको लागिदुई वटा शब्दमा सचेत रहनु पर्दछ । बालकार्य र बालश्रम यीदुईशब्दको अर्थ बुझ्नु जरुरी छ । पहिलो बालकार्यको अर्थ खोजौ । मनोवैज्ञानिकका अनुसार बालकार्य स्वतस्पूmर्त किसिमको हुन्छ । उनीहरूमाथिशोषण गरिदैन । स्वास्थ्यकर बातावरणमा रमाउने र आनन्दप्राप्तिकाकाममा संलग्न रहनु हो । यस्ता कार्यले बालबालिकाको विकासमा बाधा नपु¥याएर सहयोग नै पु¥याउँछ । सामान्य अर्थमाभन्नुपर्दा बालकार्यले वास्तबमा बालबालिकाको शैक्षिक प्रक्रियामा असर नपर्ने, उनीहरूको स्वास्थ्यलाई नविगार्ने र उमेर अनुसार गरिने स्वभाविक कार्यलाई संकेत गर्दछ । बालकार्यको मुख्य उद्देश्यआयआर्जन गराउनु, श्रमिक बनाउनु आदि होइन यसको अभिप्राय आफ्नो घरपरिवारको परिवारिक कार्यमा सघाउ पु¥याउनु मात्रहो ।
बालश्रमको अर्थ खोज्दा बालबालिकाहरूलाई अर्थोपार्जनका लागि उनीहरूको श्रमको शोषण गर्नु नै बालश्रम हो । बालश्रमलाई यस्तो अवस्थामाप्रयोगमा ल्याइन्छ जब केटाकेटीलाई आयअर्जन गर्न परिवारको आम्दानी बढाउन र आर्थिक अवस्था मजबूत बनाउन जस्ता काममा लगाउने गरिन्छ । बालश्रम भन्नाले ज्यालामा वा विना ज्यालामा बालबालिकाको स्वाभाविक विकास एवं वृद्धिमा नकारात्मक असर पर्ने कार्य भन्ने बुझिन्छ र यस्ता कार्यहरू बालश्रम भित्र पर्दछन् ।
नेपालमा कृषिक्षेत्र, निर्माणकार्य, घरेलु काम, होटल, रेष्टुरेन्ट, चियापसल, सामग्री विक्रीवितरण केन्द्र कलकारखानातथाअन्यउत्पादन क्षेत्रयात्रातथापर्यटन, सेवातथाअन्य क्षेत्रमाबालश्रमको प्रयोग भइरहेको पाइन्छ । आर्थिक कारण, सामाजिककारण, सांस्कृतिककारण, पारिवारिक कारण, प्रभावकारी कानूनको अभाव, शैक्षिक अवसर तथा सुविधाको कमीआदिको कारणबाट बालबालिकाहरू बालश्रमिकबन्नुपर्ने अवस्थाआइरहेको छ ।
नेपालमापनि हरेक वर्ष बालदिवस मनाइन्छ । बालदिवसकादिन के साच्चैँ सबै बालबालिकाहरू खुसी रहन सक्छन् ? के वास्तविक लक्षित क्षेत्रका बालबालिकाको शिक्षामा पहुँच छ त ?बालबालिकाको शारीरिक मानसिक, सामाजिक र संवेगात्मकविकासकालागि राज्यले पर्याप्त व्यवस्था मिलाएको छ त ?अनिवार्य र निशुल्क प्राथमिक शिक्षामा सबैको पहुँच छ त ? के साँच्चै प्राथमिक तहको शिक्षा निशुल्क छ त ? के आधारभूत तहको शिक्षा निःशुल्क छ त ? के मुलुकमाशिक्षानिःशुल्क छ त ?यसको उत्तर सबैले खोज्नु जरुरी छ । निष्कर्षमा भन्नुपर्दा बालबालिका भविष्यका राष्ट्रनिर्माता हुन् । बालबालिकालाई क्रियाशील बनाउन उनीहरूको बालश्रम शोषण गर्नुहुँदैन तर बालकार्य गराउनु उपयुक्त हुन्छ । जसबाट बालबालिकाको सर्वाङ्गर्णि विकासमा समेत सहयोग पु¥याउँछ । राज्यले भने बालबालिका सम्बन्धी ऐनको कार्यान्वयनमा सदैव ध्यान पु¥याउनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस