मानिस र पृथ्वी नयाँ भू–पर्यावरणीय कालखण्डमा : युएनडिपी

मानिस र पृथ्वी नयाँ भू–पर्यावरणीय कालखण्डमा : युएनडिपी

मानिस र पृथ्वी पूर्ण रूपमा नयाँ भू–पर्यावरणीय कालखण्डमा प्रवेश गरेको संयुक्त राष्ट्र संघले जनाएको छ। संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी) को नयाँ प्रतिवेदनअनुसार मानवले पृथ्वीमाथि यसअघि कहिल्यै नलगाएको अधिक शक्ति लगाएको हो। कोभिड–१९ ले असमानता बढाएको युएिडिपीको निष्कर्ष छ।

हरेक मुलुकहरूले पृथ्वीमा मानवले पुर्‍याउँदै आएको खतरापूर्ण चापलाई पूर्ण रूपमा ध्यान दिनुपर्ने जनाएको छ। परिवर्तनलाई रोक्ने अवसर र शक्तिको गम्भीर असन्तुलन अन्त्य गर्नेगरी समृद्धिका लागि आफ्नो गोरेटो पुनः कोर्ने समय आएको प्रतिवेदनमा उल्लेख छ।

मानव विकास प्रतिवेदनले जलवायु परिवर्तन र असमानतामा अधिकतम जोड गर्दै भविष्य निर्माणतर्फका प्रयासलाई निर्दिष्ट गर्न सघाउ पुर्‍याउनुपर्ने जनाएको छ। सामाजिक मुल्य, मान्यता एवं सरकार तथा वित्तीय सहुलियतमा ठूलो परिवर्तन गर्नुपर्ने देखिएको छ। मानव विकासका लागि अर्को अग्रदस्तालाई प्रकृतिको विरुद्धमा नभई प्रकृतिसँगै कार्य गर्न आवश्यक हुने उल्लेख छ।

सन् २१०० सम्ममा विश्वका सबैभन्दा गरिब मुलुकहरूले प्रत्येक वर्ष १०० भन्दा बढी दिनहरू जलवायु परिवर्तनका कारण अति खराब मौसमसहित बिताउनु परेको छ। जलवायु परिवर्तनसम्बम्धी पेरिस सम्झौता पूर्ण कार्यान्वयन गरियो भने आधामा घटाउन सकिने ठहर छ।

प्रतिक्रिया दिनुहोस