काेराेना देखिएपछि जल्पा स्वास्थ्यचाैकी पूर्ण रूपमा बन्द

काेराेना देखिएपछि जल्पा स्वास्थ्यचाैकी पूर्ण रूपमा बन्द

पाल्पाकाे पूर्वखाेला गाउँपालिका २, जल्पा स्वास्थ्यचाैकी पूर्ण रूपमा बन्द भएकाे छ । स्वास्थ्यचाैकीमा कार्यरत ६ जना कर्मचारीमा काेराेना देखिएपछि स्वास्थ्यचाैकी बन्द गरिएकाे हाे ।

पूर्वखाेला गाउँकार्यपालिका कार्यालयद्वारा जारी सूचनामा स्वास्थ्यचाैकीकाे अाकस्मिक तथा बहिरंग सेवाहरू समेत बन्द गरिएकाे प्रमुख प्रशासकीय अधिकृत ज्ञान प्रसाद पनेरूद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएकाे छ ।

पाल्पामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयलाई बुधबार प्राप्त विवरण अनुसार ४ जना पुरुष र ४ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार पूर्वखोला गाउँपालिकाका २ जना, रैनादेवी छहरा गाउँपालिकाका १ जना, बगनासकाली गाउँपालिकाका १ जना,निस्दी गाउँपालिकाका १ जना र तानसेनका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै पाल्पामा एक हजार सात सय ३२ जना कोरोना संक्रमित पुगेका छन् । संक्रमित मध्ये एक हजार पाँच सय ७७ जनाले कोरोना जितेका छन् ।

यस्तै कोरोनाका कारण २९ जनाको मृत्यु भएको छ । अहिले जिल्लामा कुल सक्रिय संक्रमितको संख्या एक सय २६ पुगेको छ । उनीहरु सबै होम आइसोलेशन र केही अस्पतालमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समयमा समुदायस्तरमा समेत कोरोना फैलिएको छ । जिल्लामा अहिलेसम्म ९ सय ४१ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ७८ जना स्वास्थ्यकर्मी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस