टनेलमा तरकारी खेती गर्ने कृषकलाई सहयोग

टनेलमा तरकारी खेती गर्ने कृषकलाई सहयोग

सुशीला रेग्मी

रामपुर (पाल्पा), २८ मङ्सीर

रामपुर नगरपालिका वडा नं ७ का कृषकलाई प्लास्टिक टनेल वितरण गरिएको छ । एक वडा एक उत्पादन कार्यक्रम अन्र्तगत वडा नं ७ को कार्यालयले बेमौसमी तरकारी खेती उत्पादन गर्न कृषकलाई टनेल वितरण गरेको हो । नगर प्रमुख रमणबहादुर थापाले प्लास्टिक टनेल वितरण गर्दै स्वस्थ बाली उत्पादनमा जोड दिन कृषकलाई अनुरोध गर्दै व्यवसायीक रुपमा कृषि गर्नेलाई सहयोग गर्ने बताउनुभएको छ । उहाँले जुन उद्देश्यले सामग्री सहयोग गरिएको छ सोही अनुरुप सही ठाउँमा लगानी गरी आयस्तर बढाएर कृषिबाटै आत्मनिर्भर बन्न कृषकलाई अनुरोध गर्नुभएको छ । रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेयले टनेलभित्र गरिने तरकारी खेती प्रबिधि सम्बन्धि ज्ञान सीप कृषकलाई सिकाउनुभएको छ । नगरपालिकाले टनेलमा खेती गर्न यसवर्ष ११० वटा प्लास्टिक टनेल, १२ वटा प्लास्टिक पोखरी, १६ वटा च्याउ घरलाई आवश्यक पर्ने प्लास्टिक सिट वितरण गरिएको कृषि शाखा प्रमुख पाण्डेयले बताउनुभएको छ । कृषक मनोरथ भट्टराईले अनुदानमा प्राप्त गरेको सामग्रीलाई सही ठाउमा लगानी गर्ने प्रतीबद्धता जनाउनुभएको छ । वडाले कृषिमा टनेल अनुदान कार्यक्रम अन्तर्गत प्लाष्टिक टनेल वितरण गरेको वडा अध्यक्ष तिर्थप्रसाद पंगेनीले जानकारी दिनुभयो ।

वडाको तीन लाख वजेटमा ६५ जना कृषकलाई वितरण गर्ने कार्यक्रम अन्तर्गत टनेल निर्माण सम्पन्न गरेका २२ जना कृषकलाई टनेल वितरण गरिएको वडा सचिव धनेन्द्रराज खनालले जानकारी दिनुभएको छ । अनुदान कार्यक्रममा छनौटमा परेका अन्य कृषकलाई टनेल निर्माण सम्पन्न भएपछी प्लास्टिक टनेल वितरण गर्ने कार्यालय सहायक गिता पौडेलले बताउनुभयो । वडा सदस्य कमलराज भट्टराईले कृषि बाली उत्पादनमा वडाले प्राथमिकता दिएको बताउनुभयो । अर्का वडा सदस्य दुर्गादेवी भण्डारी गौतमले वडाले बेसार खेती बिस्तार तथा प्रवद्र्धन कार्यक्रम, बेमौसमी तरकारी उत्पादन कार्यक्रम संचालन गरिरहेको र यसवर्ष टनेलमा तरकारी खेती कार्यक्रमलाई प्राथमिकता दिएको बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस