मानव अधिकारः उत्कृष्ट उपहार

मानव अधिकारः उत्कृष्ट उपहार

–पुष्कर राज रेग्मी
मानव अधिकारकर्मी

१. अर्थ
मानिस भएका नाताले प्राप्त हुने जन्मसिद्ध अधिकार मानव अधिकार हो । मानव अधिकार मानवका लागि मात्र प्राप्त हुने अधिकार हो । मानव अधिकार जन्मसिद्ध, नैसर्गिक, प्राकृतिक अधिकार हो ।
मानव अधिकार हननः राज्य÷सत्ता÷मालिक पक्षद्वारा हुन्छ । ज्यादतिः विद्रोही÷पिडित पक्षद्वारा हुन्छ।

२. एतिहासिक पृष्ठमूमि
क. म्याग्नाकार्टाः सन् १२१५ मा बेलायती राजा र जनता बिच भएको लिखित सम्झौता ।
ख. अधिकार पत्रः Bill of Rights 1669 बेलायती सांसदले राजा र जनताबिच गराएको सम्झौता पत्र ।
ग. अमेरिकी स्वतन्त्रता घोषणा (१७७६)ः उत्तर अमेरिकाका १३ राज्य तत्कालीन वृट्रिश उपनिवेशबाट स्वतन्त्र भएको घोषणा पत्र
घ. फ्रान्सेली राज्यक्रान्ती (१७८९)ः मानिस र नागरिकका अधिकारहरुको घोषणापत्र ।
ङ. दास व्यापार माथि प्रतिबन्ध र मानविय कानुनको उद्भवः भियना (१८१५) ब्रसेल्स (१८८०) ।
च. रेडक्रसको अन्तराष्ट्रिय समिति (१८६३)ः अन्र्तराष्ट्रिय मानवीय कानुनको सुत्रपात ।
छ. लिग अफ नेशन्सको स्थापनाः सन् १९१४–१९१८ को प्रथम विश्वयुद्ध पछि ।
ज. संयुक्त राष्ट्र संघको स्थापनाः सन् १९३९–१९४५ को दोस्रो विश्वयुद्ध पछि २४ अक्टोवर १९४५ मा संयुक्त राष्ट्र संघ स्थापनाको ३ वर्ष पछि महासभाद्वारा १० डिसेम्बर १९४८ का दिन मानव अधिकारको विश्वव्यापी घोषणा पत्र जारी ।

३. मानव अधिकारको विश्वव्यापी घोषणा पत्रको सार
धारा १. स्वतन्त्रता र समानताको अधिकार
धारा २. भेदभाव (रंग, जाति, भाषा) विरुद्धको अधिकार
धारा ३. बाँच्न पाउने अधिकार
धारा ४. दासता मुक्त अधिकार
धारा ५. यातना÷अमानविय व्यवहारमुक्त अधिकार
धारा ६. कानुनी प्रयोगको अधिकार
धारा ७. कानुनी समानता व्यवहारमा अधिकार
धारा ८. स्वच्छ र निष्पक्ष न्यायको अधिकार
धारा ९. स्वेच्छाचारी थुना, गिरफ्तारी, देश निकाला विरुद्धको अधिकार
धारा १०. निष्पक्ष न्यायिक सुनुवाईको अधिकार
धारा ११. निर्दोषिताको अधिकार
धारा १२. गोपनियताको अधिकार
धारा १३. देशभित्र र बाहिर घुमफिर गर्ने अधिकार
धारा १४. राजनितिक शरणको अधिकार
धारा १५. नागरिकता पाउने अधिकार
धारा १६. विवाह–पारिवारिक अधिकार
धारा १७. सम्पत्तिको अधिकार
धारा १८. आस्था, अन्तस्करण धर्मको अधिकार
धारा १९. विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकार
धारा २०. शान्तिपूर्ण सभा सम्मेलन गर्न पाउने अधिकार
धारा २१. शासनमा भाग लिने अधिकार
धारा २२. सामाजिक सुरक्षा र विकासको अधिकार
धारा २३. ट्रेड युनियन खोल्ने अधिकार
धारा २४. आराम र विद्याको अधिकार
धारा २५. परिवार कल्याण÷स्तरीय जीवनको अधिकार
धारा २६. शिक्षाको अधिकार
धारा २७. साँस्कृतिक अधिकार
धारा २८. अन्र्तराष्ट्रिय व्यवस्थाको अधिकार
धारा २९. अरुको अधिकारको सम्मान र सार्वजनिक सम्पत्तिको संरक्षण
धारा ३०. कुनै पनि व्यक्ति र राष्ट्रलाई यो घोषणा पत्रको गलत व्याख्या गर्ने अधिकार छैन ।

४. मानव अधिकारका प्रकार
क) नागरिक अधिकार
ख) राजनीतिक अधिकार
ग) आर्थिक अधिकार
घ) सामाजिक अधिकार
ङ) सास्कृतिक अधिकार

  • वातावरणीय अधिकार
  • पशुपंक्षीको अधिकार

५. मानव अधिकारको विशेषता
क) विश्वव्यापी र अहरणीय
ख) अविभाज्य, अन्र्तनिर्भर र अन्र्तसम्बन्धित
ग) समानता र भेदभाव रहित
घ) सहभागिता र समावेशीकरण
ङ) जवाफदेहिता र कानुनी शासन

६. राज्यको दायित्व
क) सम्मान गर्ने दायित्व
ख) संरक्षण गर्ने दायित्व
ग) परिपूर्ति गर्ने दायित्व

७. सन्दर्भ नेपाल
सन् १९९१ को मे १४ का दिन अनुमोदन गरी नेपाल मानव अधिकारको विश्वव्यापी घोषणा पत्रको पक्ष राष्ट्र भएको छ । नेपाल अधिराज्यको संविधान २०४७, अंतरिम संविधान २०६३ सहित हाल नेपालको संविधान २०७२ भाग–३ मौलिक हक र कर्तव्य भित्र मानव अधिकार सम्बन्धि व्यवस्था रहेको छ ।

८. मानव अधिकार रक्षक
क) मानव अधिकारकर्मी
ख) नागरिक अधिकारकर्मी
ग) प्राध्यापक÷शिक्षक
घ) पत्रकार
ङ) कानुन व्यवसायी
च) संघसस्थाको प्रतिनिधिहरु
छ) शिक्षार्थी÷विद्यार्थीहरु लगायतका मानव अधिकारको संरक्षण र सम्वद्र्धनका लागि क्रियाशिल व्यक्ति÷समूहहरु आदि

स्रोतः मानव अधिकार सम्बन्धि विभिन्न पत्र पत्रिकाहरुमा प्रकाशित दस्तावेज, लेख, संग्रहहरुबाट साभार
(नेपाल मानव अधिकार संगठन पाल्पाद्वारा ७२ आै मानव अधिकार दिवसको अवसरमा आयोजित अन्र्तक्रिया कार्यक्रममा छलफलका लागि प्रस्तुत पत्र–२५ मंसिर २०७७)

प्रतिक्रिया दिनुहोस