आठ महिनापछि पाल्पाका विद्यालयमा भाैतिक उपस्थितिमै पठन–पाठन

आठ महिनापछि पाल्पाका विद्यालयमा भाैतिक उपस्थितिमै पठन–पाठन

पाल्पा, मंसिर २२

कोभिड १९, काेराेना जाेखिमका कारण बन्द भएका पाल्पाका विद्यालयमा पठनपाठन सुरू भएकाे छ । झण्डै आठ महिनापछि भाैतिक उपस्थितिमै पाल्पाका विद्यालयमा पठनपाठन सुरू भएकाे हाे ।

काेराेनाका कारण २०७६ चैत्रदेखि विद्यालय बन्द भएका विद्यालयमा चहलपहल बढेकाे छ । शिक्षा मन्त्रालयले ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७’ जारी गरेसँगै पाल्पाका विद्यालय खुलेका हुन् । तोकिएको सुरक्षा मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न थालिएको सराेकारवालाहरूले बताइरहँदा यसकाे अनुगमन भने हुन सकेकाे छैन । जिल्लाका अधिकांश स्थानीय तहमा तिहार लगत्तै भौतिक रुपमै उपस्थित भई पठन–पाठन सुरु गरे । तानसेन नगरपालिकाले मंसिर २१ गतेदेखि विद्यार्थीहरुको पठन–पाठन विद्यालयले पेश गरेकाे विकल्पमा रहि भौतिक रुपमा सञ्चालन गरेको छ । तानसेन नगरपालिकाभित्र बिहानी तथा दिवा सिफ्ट प्रणाली तथा जोर गते जोर कक्षा, विजोर गते विजोर कक्षा गरि पठन पाठन सुरु गरेको हाे ।

बालबालिकाहरुलाई कोभिड संक्रमण नहोस् भनी पिटी प्रदर्शन, प्रार्थना, साथीभाईसँग अंकमाल, हात मिलाउने, विद्यालयमा खाजा जस्ता कार्यक्रम गर्न तानसेन नगरपालिका शिक्षा शाखाले प्रतिवन्ध लगाएको छ ।

लामाे समय बन्द भएका विद्यालय खुल्दा अभिभावक एकातर्फ हर्षित भएका छन् भने अर्काेतर्फ काेराेना अझ फैलनसक्ने भन्दै चिन्तित समेत बनेका छन् । भाैतिक उपस्थितिमै पढाइ सुरू गर्दा विद्यार्थीकाे पढनपाठन राम्राे भएकाे तर काेराेनाकाे चिन्ता बढेकाे अभिभावक रामकृष्ण पाेखरेलले बताए । उनले विद्यालयले अपनाएकाे सुरक्षाका उपायहरू बारे सम्बन्धित निकायबाट अनुगमन नभएकाे दुःखेसाे गरे ।

विगतमा अनलाईन मार्फत पठन–पाठन गराएपनि बालबालिकाहरुलाई प्रकृतिसँग संमायोजन गराउँदै भौतिक दुरी कायम गरेर पठन–पाठन सुरु गरेको सेन्ट कपितानियो स्कूलका शिक्षक तुल्सीराम पोखरेलले बताए । विद्यार्थीहरुलाई गेटमा ज्वरो चेकजाँच गरेर मात्र विद्यालय प्रवेश दिने, रुघाखोकी लागेका बालबालिकाहरुलाई विद्यालय प्रवेश नदिने, विद्यार्थीहरुले अनिवार्य मास्क तथा फेस सिल्डको प्रयोग गर्नुपर्ने, हातमा पञ्जा र सेनिटाइजर हुनुपर्ने जस्ता प्रावधान अनिवार्य गरिएको छ ।

भौतिक तथा सामाजिक दुरी कायम गरी, स्वास्थ्यका मापदण्ड अपनाएर, जोर विजोर प्रणालीबाट अभिभावकको समेत मञ्जुरीनामा लिएर, कम जोखिम भएका स्थानहरुमा पालिकाको नीति नियमभित्र रहेर जिल्लाका अधिकाश विद्यालयमा भौतिक तथा अनलाईन विधीबाट पठन–पाठन सुरु भएको शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका इकाई प्रमुख रमेशराज पौडेलले बताए । लामो समयपछि विद्यालय खुल्दा अभिभावक, विद्यार्थी र शिक्षक हर्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस