संचारकर्मी,मोडल तथा गायक दिनेश काफ्लेले पहिलो माया गुमाए

संचारकर्मी,मोडल तथा गायक दिनेश काफ्लेले पहिलो माया गुमाए

पाल्पा, मंसिर २१

संचारकर्मी, मोडल तथा गायक दिनेश काफ्लेले पहिलो माया गुमाए गीत बजारमा ल्याएका छन ।तानसेनको कैलासनगरमा रहेरको युनिक एफएममा काम गर्दै आएका काफ्लेले पहिलो माया गुमाए बोलको लोकदोहरी गीत बजारमा ल्याएका हुन ।

पर्वत विहादी गाउँपालिका स्थायी घर भएका काफ्लेले तानसेनमा रहि अध्ययनसंगै रेडियो र कलाकारीतामा लागेका छन । काफ्लेले बिगत ४ बर्ष देखि तानसेनलाई कर्मथलो बनाउदै आएका छन ।
गीतमा दिनेश काफ्ले र प्रतिक्षा गैरेको स्वर रहेको छ । गीतमा आयान न्यौपानेको शब्द,संगीत छ ।गीतको भिडियोमा दिनेश काफ्ले,प्रतिक्षा गैरे र सुमन कार्कीको अभिनय गरेका छन । भिडियाे पाल्पाकाे बतासे र बगनासकालीका विभिन्न स्थानमा छायाँकन गरिएको छ । भिडियोलाई राज राईले निर्देशन गरेका हुन । योग्सना डिजिटल म्युजिक प्रालिको यु्ट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

यसअघि गुन, रुपै हेर्ने ऐना, पिरतिको नसा लगायतका गीत सार्वजनिक गरेका काफ्लेले गीत संगीतमा भबिश्य राम्रो रहेको र आफुले सक्दो राम्रो गर्ने बताउछन ।सानै उमेरबाट स्टेज कार्यक्रममा गीत गाँउदै आएका काफ्ले क्यारिकेचरमा समेत रुचि भएको बताउछन । घर परिवार र साथीहरुको प्रेरणाले गीत संगीतमा लागेको उनकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस