रामपुरमा उद्यमीसंग अन्तरर्क्रिया कार्यक्रम

रामपुरमा उद्यमीसंग अन्तरर्क्रिया कार्यक्रम

सुशीला रेग्मी

रामपुर (पाल्पा), २० मङ्सीर

रामपुर उद्योग वाणिज्य संघको आयोजनामा उद्यमी अन्र्तक्रिया कार्यक्रम पाल्पाको रामपुरमा भएको छ । घरेलु तथा साना उद्योग कार्यालयको समन्वय र रामपुर नगरपालिकाको सहयोगमा शनिवार अन्र्तक्रिया कार्यक्रम भएको हो । रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य रहनुभएको हो । कार्यक्रममा सहभागी उद्योगी व्यवसायीले दोहोरो कर तिर्नुपर्दा व्यवसायी मारमा परेको गुनासो राखेका छन् ।

मुख्य पाहुना नगर उपप्रमुख आचार्यले नगरपालिका भित्रका व्यापार, व्यवसायको सुचीकृत गरेर राखेको र उनीहरुको हितका लागि नगरपालिका सदैव लाग्ने बताउनुभयो । उहाँले व्यवसाय सुरु गरेपछि नियम र कानुनलाई अवलम्वन गरेर व्यवसाय चलाउन आग्रह गर्नुभयो ।

संघका वाणिज्य उपाध्यक्ष दुर्गाप्रसाद भट्टराईको स्वागतबाट सुरु भएको कार्यक्रममा सहभागीलाई धन्यवाद उद्योग उपाध्यक्ष रुद्रनारायण श्रेष्ठले दिनुभएको थियो भने संचालन महासचिव पुरुषोत्तम केसीले गर्नुभएको हो । घरेलु तथा साना उद्योग कार्यालय पाल्पामा सरुवा भई हालसालै आउनुभएका कार्यालय प्रमुख देवीराम भण्डारीलाई संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले पाल्पाली ढाका टोपी र खादा ओढाएर स्वागत गर्नुभएको छ ।

उद्योग कार्यालयका प्रमुख भण्डारीले कार्यक्रमको सहजिकरण गर्नुहुदै उद्योग दर्ता प्रक्रिया, नविकरण प्रक्रिया सम्बन्धमा जानकारी दिनुभयो । पाँच लाख भन्दा कम पुँजी भएका व्यवसाय सम्बन्धित स्थानीय तहमा र पाँच लाख भन्दा बढी पुँजी भएका व्यवसाय घरेलु तथा साना उद्योग कार्यालय पाल्पामा दर्ता गर्नुपर्ने प्रावधान छ । पाल्पामा यस आर्थिक वर्षको पहिलो चौमासिकमा एक सय ४७ वटा उद्योग दर्ता भएको प्रमुख भण्डारीले जानकारी दिदै त्यसमध्ये कृषि र वन्यजन्तु उद्योग बढी रहेको बताउनुभयो । घरेलु कार्यालयले सीप विकास, औद्योगिक विकास, प्रबिधि हस्तान्तरण जस्ता कार्यक्रमलाई अगाडी बढाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस