पुष्कर अथक रेग्मी
डा. एस.आर रगनाथनले सन् १९२८ मा Five Laws of Library Science पुस्तक प्रकाशन गरी पुस्तकालय विज्ञानको पाँच मूलभूत सिद्धान्त प्रतिपादन गरे । जसलाई पुस्तकालय व्यवस्थापनको क्षेत्रमा पञ्चशीलको रुपमा लिइन्छ । जुन सिद्धान्तलाई निम्नानुसार उल्लेख गरिएको छ ।
१. पहिलो सिद्धान्तः
पुस्तकउपयोगको लागि (Books are for use):
यस सिद्धान्तले पुस्तकालयमा पुस्तक संग्रह गरी राख्ने होइन, पुस्तक बढी भन्दा बढी अध्ययनको लागिप्रयोगमाआउनु भनेको छ । पुस्तकको अत्यधिक उपयोग गर्न निम्न कार्यमा ध्यानदिनु पर्दछ ।
उचित उपयुक्त स्थानमा पुस्तकाललको स्थापनागर्ने
पुस्तकालय सञ्चालन समय निर्धारण गर्ने
पुस्तकालयमाउपयुक्तकर्मचारी व्यवस्थागर्ने
सरल र व्यवहारिक पुस्तकालय नियम बनाउने
पाठकको चाहना अनुसार पुस्तक छनौट गर्ने
पुस्तकालयको आन्तरिक व्यवस्थापनमा ध्यान दिने
पुस्तकालय बजेटको व्यवस्थापन र परिचालन गर्ने
२. दोस्रो सिद्धान्तः
प्रत्येक पाठकको लागि पुस्तक (Every Reader his Books):
यस सिद्धान्तले प्रत्येक पाठकले खोजेको पुस्तक पुस्तकालयमाहुनु पर्दछ भन्ने कुरामाजोड दिएको छ । पुस्तकालयमा सबै पाठकका लागि सबै किसिमका पुस्तकहरू हुनु पर्दछ । यो सिद्धान्तलाई पूर्ण रुपले पुस्तकालय व्यवस्थापनको क्षेत्रमा कार्यान्वयन गर्न निम्न कार्यमा ध्यान दिनुपर्दछ ।
पुस्तकालयमा पाठकको रुचि, चाहना र माग अुनसारको पुस्तकहुनुपर्दछ ।
पुस्तकालय Close Access System को नभई Open Access System को हुनुपर्दछ ।
पुस्तकालय कर्मचारीले प्रभावकारी रुपमा कार्य सम्पादन गर्नु पर्दछ ।
सन्दर्भ सामग्रीको सूचीतथा सचेतना सेवा उपलब्ध गराउनु पर्दछ ।
अधिकार सम्पन्न क्रियाशील पुस्तकालय समिति निर्माणम गरिनु पर्दछ ।
३. तेस्रो सिद्धान्तः
प्रत्येक पुस्तकको लागि पाठक (Every Books its Reader):
यस सिद्धान्तत प्रत्येक पुस्तकका आ–आफ्नै पाठक भन्ने मान्यता राखेको छ । पुस्तकालयमा पुस्तकको संख्या बढाएर मात्रहुदैन, पुस्तकहरू आफ्ना पाठक समक्ष पुग्नु पर्दछ यस सिद्धान्तलाई कार्यान्वयन गर्न निम्न कार्य गर्नु पर्दछ ।
पुस्तकालय मुक्त प्रवेश व्यवस्था (Open Access System) मा आधारित हुनु पर्दछ ।
पुस्तकालय सूची Up to date बनाउनु पर्दछ ।
पुस्तकालय (Shelf) व्यवस्थापन हुनु पर्दछ ।
सूची प्रविष्टि, सन्दर्भ सेवा, प्रचार विधि, प्रसार सेवा, पुस्तकप्रदर्शन र पुस्तक चयनको व्यवस्था हुनु पर्दछ ।
४. चौथो सिद्धान्तः
पाठकको समय बचाउन (Save the time of the Reader)
यस सिद्धान्तले मुख्य गरी पुस्तकालयले पाठकको समयलाई बचत गराई छिटो भन्दा छिटो तरिकाले सूचनातथा सेवा उपलब्ध गराउने कार्यमाजोड दिएको छ । पुस्तकालयका कर्मचारीले पाठकको समय बचत गर्ने कार्यका लागि निम्न कुरामा ध्यान दिनु पर्दछ ।
पुस्तकालय मुक्त प्रवेश प्रणालीमा आधारित हुनुपर्दछ ।
आवश्यक सन्दर्भ सेवा उपलब्ध गराउनु पर्दछ ।
विभिन्न शाखामा सग्राहगार प्रदर्शक (Stock Room Guide) राख्नु पर्दछ ।
लेनदेन प्रणाली सजिलो र साधारण बनाउनु पर्दछ ।
फलक व्यवस्थापन र वर्गिकरण व्यवस्थित गर्नु पर्दछ ।
User Awareness/Library Orientation लगायतका कार्य समय समयमा सञ्चालन गर्नु पर्दछ ।
५. पाँचौं सिद्धान्तः
पुस्तकालय संवद्र्धनशील संस्था (Library is a grow organism):
यस सिद्धान्तले मुख्य गरी पुस्तकालयको तीनतत्व पुस्तक, पाठक र कर्मचारीको संवद्र्धनमाजोड दिएको छ । पुस्तकालयको संगठन, योजना र कार्यहरूलाई बढी प्राथमिकता दिदा पुस्तकालय समृद्ध बन्दछ भनिएको छ । पुस्तकालयलाई संवद्र्धनशील बनाउनको लागि निम्नकार्य गर्नु पर्दछ ।
पुस्तकालय निर्माण, व्यवस्थापन र कार्यान्वयनमा उचित योजना बनाउनु पर्दछ ।
पुस्तकालय भवन बनाउँदा सबै दिशातर्फ बढाउन मिल्ने गरी बनाउनु पर्दछ ।
पुराना, काम नलाग्ने सामग्रीहरू हटाउदै पुस्तकालयलाई सदैव नवीनतम रुपमा राख्नु पर्दछ ।
पुस्तक, पाठक र कर्मचारीको श्रीवृद्धिको लागि पुस्तकालय व्यवस्थापन सदैव लागि पर्नु पर्दछ ।
स्रोतः अनुसन्धान सिद्धान्त (२०७१ः १८९–१९०)