लुम्बिनी प्रदेशमा शुक्रबार कहाँ के भयाे ? हेर्नुहाेस्…

लुम्बिनी प्रदेशमा शुक्रबार कहाँ के भयाे ? हेर्नुहाेस्…

शुक्रबार लुम्बिनी प्रदेशका जिल्लामा सवारी दुर्घटना तथा अन्य विविध कारणले मानिसकाे ज्यान गएकाे छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक राज कुमार बैदवारले दिएकाे जानकारी विस्तृतमा…

१) सवारी दुर्घटनाबाट मृत्यु/घाईते:-मिति २०७७।१८गते अं.१४:५५ बजे जि.बर्दिया मधुबन न.पा.४ माचडचोक स्थित गुलरिया राजापुर हुलाकी सडक खण्डमा भुरीगाँउदेखी गुलरियातर्फ आउँदै गरेको जि.बाँके कोहलपुर न.पा.१० रझेना बस्ने बर्ष अं.३२ को रमेश चौधरीले चलाएको ना८ ख ३१४ नं.को टिप्पर र गुलरियाबाट ढोढरीतर्फ जाँदै गरेको जि.बर्दिया गुलरिया न.पा.४ बस्ने बर्ष अं.२४ को मनोज लोनियाले चलाएको बा१६च २४५३ नं.को कार एक आपसमा ठक्कर खाँदा निम्न स्थान बस्ने निम्न मानिसहरु घाईते भई जि.अस्पताल बर्दियामा उपचार भैरहेको, कार घटनास्थलमै रहेको, टिप्पर र टिप्पर चालक नियन्त्रणमा र  ई.प्र.का.ढोढरी बर्दियाबाट थप अनुसन्धान भई रहेको । निम्न घाईतेहरु १)कार चालक जि.बर्दिया गुलरिया न.पा.४ बस्ने बर्ष अं.२४ को मनोज लोनियाको दुबै हात भाच्चिएको सिरियस, नेपालगंज रिफर । २)कारमा सवार ऐ.बस्ने बर्ष २४ सुरेन्द्र गोडिया टाउकोमा चोट, उपचारको क्रममा ऐ.१५:३० बजे मृत्यु भएको । ३)वतन स्पष्ट नभएको बर्ष अं.१७ की बालिका टाउको र दाहिने हातमा चोट सिरियस नेपालगंज रिफर । ४)वतन स्पष्ट नभएको बर्ष अं.१८ की निधी सुनार टाउकोमा चोट उपचारको क्रममा ऐ.१५४५ बजे मृत्यु भएको । ५)वतन स्पष्ट नभएको बर्ष अं.३५ की कमला सुनार टाउको र दुबै खुट्टामा चोट सिरियस, नेपालगंज रिफर ।
१)सवारी दुर्घटनाबाट मृत्यु/घाईते:-मिति २०७७।०८।१८ गते अं.१८:१५बजे जि.दाङ लमही न.पा.८ सतबरिया स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिममा पुर्व तर्फ जादै गरेको  रा ३ प ७५६० नं.को मो.सा.ले सोही दिशा तर्फ गईरहेको साईकल यात्रीलाई ठक्कर दिँदा मो.सा.चालक र साईकल यात्री  घाईते भई लमही अस्पतालमा उपचार भई रहेको ,मो.सा.र साईकल प्रहरीको नियन्त्रणमा र  र ई.प्र.का.अमिलियाबाट थप अनुसन्धान भई रहेको । निम्न घाईतेहरु:- १.मो.सा.चालक जि.दाङ लमही.न.पा८ धनपुरुवा बस्ने बर्ष २६/२७ को लिला बहादुर चौधरीको टाउकोमा चोट अवस्था सिरियस ऐ.१९:१७ बजे बुटवल रिफर । २. साईकल यात्री ऐ.ऐ  ७ कप्तानगंज बस्ने  ५२ पुरन बाठा मगर अवस्था सिरियस  उपचारको क्रममा ऐ. १९:१५ बजे मृत्यु ।
१)मानिस मृत्यु:-मिति २०७७।०८।१८ गते अं.०७:०० बजे जि.रुपन्देही बुटवल उ.म.न.पा.१२ नयागाँउ खानेपानी ट्याङकी नजिकै ऐ.सैनामैना न.पा.१ बन्कट्टा बस्ने बर्ष २९ को किसोर थापा पुरुष व्यक्ति मृर्त अबस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ यस प्र.नि.नबिन चुदालिको कमाण्डमा  सोको सहितको टोलि खटिगई बुज्दा बाहिरी चोट पटक नभएको, निजले मा.प.से.गर्ने भन्ने बुझिएको, निज मिति २०७७।८।१७ गते राति २१:००० बजे घरबाट निस्किएको र  ई.प्र.का.बुटवल रुपन्देहीबाट थप अनुसन्धान भई रहेको । २)झु.आ.ह.:-मिति २०७७।०८।१८ गते अं १०:३० बजे जि.रुपन्देही तिलोत्तमा न.पा.११ भू.पु.सैनिक बस्ने जीब कुमार सेडाईको घरमा बिगत १ महिनादेखी भाडामा बस्दै आएकी जि.पाल्पा भालेबास घर भएकी बर्ष- १८ की रमा मगर भाडामा बस्दै आएको घरको २ तला माथीको कोठामा फलामको पाईपमा झु.आ.ह.गरेको, झु.आ.ह.गर्नुको कारण नखुलेको, निजको श्रीमान बैदेशिक रोजगारको शिलसिलामा बिदेश गएको र  ई.प्र.का.मंगलापुर रुपन्देहीबाट थप अनुसन्धान भई रहेको । ३)मृतलास फेला:-मिति २०७७।०८।१८ गते १८:०० बजे जि.रुपन्देही मर्चवारी गा.पा.१ महुवाघाट स्थितमा ऐ.मायादेवी गा.पा.वडा न.८ उचमी बस्ने बर्ष २०को अजय कुमार बानिया मृत अवस्थामा फेला परेको र  ई.प्र.का.मर्चवार रुपन्देहीबाट थप अनुसन्धान भई रहेको । ४)मानिस मृत फेला:-मिति २०७७।०८।१८ गते अं.११:२५ बजे जि.रुपन्देही बुटवल उ.म.न.पा.९ स्थित भुड्कीचोकको आकाशे पुल मुनि बसपार्क आसपासमा डुली हिड्ने नामथर वतन नखुलेको अं.बर्ष ५५/६० को पुरुष व्यक्ति मृत अबस्थामा फेला परेको र ई.प्र.का.बुटवलबाट थप अनुसन्धान भई रहेको ।    
१)मृत अवस्थामा फेला:मिति २०७७।०८।१७ गते अं.२०:०० बजे  जि.नवलपरासी रामग्राम न.पा.३ घोडपाली  बस्ने वर्ष ४० को सरोज  चौधरी  घरदेखि अं.८०० मिटर पश्चिम आफ्नै  बंगुर फर्ममा सुत्न गएकोमा ऐ.१८ गते अं.०७:३० बजे निजको श्रीमती वर्ष ३५ की विष्णुमाया चौधरीले अचेत अवस्थामा देखी उपचारको लागि जिल्ला अस्पताल परासी ल्याएकोमा डाक्टरले मृत्यू भएको र  जि.प्र.का.नवलपरासी पश्चिमबाट थप अनुसन्धान भई रहेको ।   २)झु.आ.ह:-मिति २०७७।०८।१८ गते अं. १३:३५बजे जि.नवलपरासी सरावल गा.पा.४ मंगलापुर बस्ने रम्भादेवी सहानीको छोरी अं.बर्ष १७ कि बालिका घरमा कोही नभएको अवस्थामा आफ्नै घरसंग जोडिएको गोठको काठको झण्डिई मृत अवस्थामा फेला परेको र जि.प्र.का.बाट थप अनुसन्धान भई रहेको ।
१) झु.आ.ह.:- मिति २०७७।८।१८ गते अं. २२:२० बजे जि.कालिकोट महाबै गा.पा. ३ घर भई हाल जि. बाँके बैजनाथ गा.पा. ५ बनकटुवा गाउ स्थित आफ्नै दिदि सपना सिङको घरमा बस्दै आएको बर्ष २१ को लोकेन्द्र शाहीले आफनै दिदि सपना सिङको घरको कोठामा फलामको पाईपको बलामा झु.आ.ह. गरेको र ई.प्र.का.कोहलपुरबाट थप अनुसन्धान भई रहेको ।
१)नवजात शिशु मृत फेला:-मिति २०७७।०८।१८ गते बिहान ०८:१० बजे जि.पाल्पा बगनासकाली गा.पा.-१ खोरबारी स्थित रहेको बगनासकाली हेल्थ पोष्ट नजिकै खोल्सामा भर्खर जन्मिएको जस्तो देखिने नवजात शिशु(छोरा) मृत अबस्थामा फेला परेको छ भनी गा.पा.उप प्रमुख सरस्वती दर्लामी चिदीले टे.फो.मार्फत जानकारी गराउनासाथ तत्काल प्र.ह.बिक्रम डगौराको कमाण्डमा २ जना र जि.प्र.का.पाल्पाबाट प्र.नि.लक्ष्मण पचभैयाको कमाण्डमा ६ जनाको टोली खटिई गएको र जि.प्र.का.पाल्पाबाट थप अनुसन्धान भई रहेको । २)झु.आ.ह.:-मिति २०७७।८।१८ गते अं.१३:०० बजे जि.पाल्पा तानसेन न.पा.६ बसपार्क बस्ने राम ब.गन्दर्भको घरको सिलिङमा (फुपुपुसाईको  घर) जि.कपिलबस्तु गाणगंगा न.पा.७ घरभई बिगत डेढ वर्षदेखि पढ्दै बस्ने गरेकी वर्ष अ.१५ की बालिका झुन्डि मृत अवस्थामा फेला परेको र  जि.प्र.का.पाल्पाबाट थप अनुसन्धान भई रहेको । ३)छतबाट खसि मृत्यु :-मिति २०७७/०८/१८ गते अं.२२:३०  बजे जि.पाल्पा रामपुर नगरपालीका ६ प्याकलुक बस्ने बर्ष ५७ को नेत्र बहादुर हमाल आफ्नै टिनले छाएको दुई तल्ले कच्चीघरबाटा पिसाब फेर्न निस्किने क्रममा एक तल्ले छतबाट खस्न गई उपचारको लागी निजको छोराले रामपुर अस्पताल पाल्पा ल्याकोमा ऐ. २३:३० बजे डाक्टरले मृत्यु प्रमाणित गरेको र  ई.प्र.का.रामपुर पाल्पाबाट थप अनुसन्धान भई रहेको ।
१) करेन्ट लागी मानिसको मृत्यु:-मिति २०७७।०८।१८ गते अं. १७:३० बजे जि.गुल्मी मुसिकोट न.पा.७ वामिटक्सार बस्ने बर्ष २६ को धिरज कार्कि आफ्नै घरको मोबाईल पसलमा तार सर्ट भई करेन्ट लागी बेहोस भई उपचारको लागि लुम्बिनी अस्पताल वामिमा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको र जि.प्र.का.गुल्मीबाट थप अनुसन्धान भई रहेको ।  
१)बिषादी सेवनबाट मृत्यु:-मिति २०७७।०८।१८ गते १२:३० बजे जि.कपिलवस्तु कृष्णनगर न.पा.३ बढैया बस्ने बर्ष २५ को धनिराम रैदासले नाम नखुलेको बिषादी सेवन गरी उपचारको लागी बुटवलतर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको र  ई.प्र.का.कृष्णनगर कपिलवस्तबाट थप अनुसन्धान भई रहेको ।
१)जि.प्र.का.रुपन्देही तथा यस का.मातहतको विभिन्न स्थानमा बरामद भएका सामानहरुको विवरण निम्नानुसार छन् । सामान बरामद:-मिति २०७७।०८।१८ गते १२:०० बजे यस का.वाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले बिभिन्न स्थानवाट अबैध रुपमा ल्याउँदै गरेको बिजुली खैनी-३६ पोका, सुट – ४८ पीस, काँचो कपडा थानमा ११ थान, गरी अं.मुल्य १,००,०००।– (एक लाख) बराबरको सामान बरामद गरीएको र भन्सार कार्यालयमा बुझाएको । सामान बरामद:- मिति २०७७।०८।१८ गते २२:१० बजे यस का.बाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मायादेबी गा.पा.५ स्थितबाट भन्सार छली ल्याएको १४ बोरा प्याज अं.मुल्य ७०,०००।-(सत्तरी हजार) बराबरको बरामद गरीएको र भन्सार कार्यालयमा बुझाउन पहल भई  रहेको ।  सामान बरामद:- मिति २०७७।०८।१८ गते २३ :०० बजे प्र.चौ.मेउडिहवा रुपन्देहीबाट प्र.स.नि.हृदेश चौहानको टोलीले सिद्धार्थ नगर न.पा. ४ स्थित बाट लु२च ६२२९ नं. को मारुती भ्यानमा भन्सार छली ल्याएको लेडिज लेहेङा१३पिस, जेन्स मोजा १२२ पिस, कपडा थान ५, लेडिज सल २५ पिस, सुट ८ पिस, लुङगी १० पिस, हाईनेक २० पिस गरी.मुल्य ७०,०००।- (सत्तरी हजार) बराबरको सामान र  गाडी सहित नियन्त्रणमा लिईएको र भन्सार कार्यालय बुझाउन पहल भई रहेको ।  मटर नियन्त्रण:-मिती२०७७।०८।१८ गते १९३० बजे जि.रुपन्देही कोटहिमाई गा.पा.१ सिपुवा  स्थित अं.मूल्य रु ७३,०००।– बराबरको ९ क्विन्टल ७५ किलो मटर  मोटरसाइकलमा राजश्व छली गरी भारत तर्फ लैजादै गर्दा प्र.स. नि.चन्द्र प्रसाद थारु को कमान्डमा खटिएको टोलीले फेला पारी नियन्त्रणमा लिएको,मो.सा.फरार र भन्सार कार्यालयमा बुझाउन पहल भई रहेको । सामान बरामद:-मिति २०७७।०८।१८ गते अं.१९:०० बजे प्र.ना.नि.पदम ब.खड्काको कमाण्डमा खटिएको गस्ती टोलीले जिल्ला रुपन्देही मायादेवी गा.पा.८ बसडिलवा भन्ने स्थानबाट भारतबाट भन्सार छली ल्याएको धारामा प्रयोग हुने सामान ४ बोरा, चिनी- २०० केजी, मटर ५ बोरा गरी  अं.मु.रु.१,३०,०००,(एक लाख तिस हजार ) – बराबरको सामान नियन्त्रणमा  लिईएको र भन्सार कार्यालयमा बुझाउन पहल भई रहेको । सामान बरामद:- मिती २०७७।०८।१८ गते १९:०० बजे खटिएको प्रनि रबिन्द्र महतको कमाण्डमा खटिएको प्रहरी टोलीले  जिल्ला रुपन्देही मायादेवी गाँउपालिका ४ झुलनिपुर स्थित बाट भन्सार छली ल्याउदै गरेको २ क्विन्टल चिनी र ५० किलो खाद अं. रु १३,०००।बराबरको सामान पक्राउ गरीएको,मानिस फरार र भन्सार कार्यालय बुझाउन पहल भई रहेको ।
१) सामान बरामद:-मिति २०७७।०८।१८ गते १८:०० बजेको समयमा जि.बाँके डुडुवा गा.पा.३ बनकट्टि स्थित खटिएको प्र.ना.नि.पुर्ण बहादुर खत्रीको गस्ति टोलिले भारतबाट भन्सार छलि ल्याएको अं.मुल्य रु.२७,६७०।-बराबरको बिभिन्न किसीमको सामान सहित जिल्ला बाँके जानकी गा.पा.३ बस्ने बर्ष २८ को प्रमोद सोनिलाई भे ६ प १५९३ नं. को मो.सा.सहित नियन्त्रणमा लिईएको  र भन्सार कार्यालय बुझाउन पहल भई रहेको ।
१) सामान बरामद:-मिति २०७७।०८।१८ गते १५:३० बजे जि.कपिलवस्तु कृ.न.पा.१ शिवानगर स्थित सादा पोशाकमा खटिएको प्र.ज.मुकेश यादवको २ जनाको टोलीले भारतबाट अबैध रुपमा नेपाल ल्याउँदै गरेको ब्राण्ड-३ क्विन्टल, प्याज-१५० के.जी.,चिनी-५० के.जी. र लेडिज सुट- १२ पिस गरी अ.मु.रू. २५,०००।– बराबरको सामान बरामद गरीएको र भन्सार कार्यालयमा बुझाएको ।
१)ला.औ.सहित मनिस पक्राउ:-मिति २०७७।०८।१८ गते अं.०७:०० बजे जि.दाङतुलसीपुर उ.म.न.पा.१९ बस्ने बर्ष २५ को देब ब.खड्काले ला.औ.बिक्रि बितरण गर्नका लागि रा१ख १६८२ नं.को यात्रु वाहक बसमा चढि तुलसीपुर बसपार्कतर्फ आउँदै गरेको भन्ने गोप्य सुचनाको आधारमा प्र.नि.झबिन्द्र परियारको कमाण्डमा प्रहरी टोली खटिगई खो.त.गर्दै जाने क्रममा उक्त बस तुलसिपुर उ.म.न.पा.५ बसपार्क स्थित फेला पारी चेकजाँच गर्दा निजको साथबाट NITTRAZEPAM TABLETS IP NITRAVAT-10 लेखेको ३४५ ट्याबलेट र TRAMADOL HYDROCHLORIDE CAPSULE I.p TRAMOL-५० लेखेको १२० क्यापसुल बेरी ज्याकेट भित्र लुकाई छिपाई राखेको अवस्थामा फेला परेकोले निजलाई पक्राउ गरीएको र जि.प्र.का.दाङबाट थप अनुसन्धान भई रहेको ।  
१)ला.औ.सहित मानिस नियन्त्रणमा:-मिति २०७७।०८।१८ गते अं.१२:३० बजे जि.रुपन्देही  सिद्दार्थनगर न.पा.१ वेलहीया स्थित भारतवाट नेपालतर्फ आउँदै गरेको ऐ.ओमसतिया गा.पा.५ तरैणी वस्ने रामबृज  हरिजनको छोरा बर्ष २२ को मद्दर हरिजनलाई प्र.ह.लोकनाथ खनाल को कमाण्डमा खटिएको टोलिले चेकजाँच गर्दा निजलेले पेटमा टेपले वाधी लुकाई छिपाई ल्याएको ला.औ. “नाईट्राभेट ३० पत्ता ३०० ट्याबलेट, नुफिल-१०० एम्पुल, फेनारागन -१०० एम्पुल, डाईजापाम-१००एम्पुल फेला पारी मानिस सहित नियन्त्रणमा लिएको र  ई.प्र.का.बेलहिया रुपन्देहीबाट थप अनुसन्धान भई रहेको ।
१)चोरी:-मिति  २०७७।०८।१८ गते अ.१५:४५ बजे जि.दाङ राप्ती गा.पा.१ पाखापानी बस्ने भुपेन्द्र खड्काको श्रीमती बर्ष २४ की मुन खड्का घरमा नभएको अबस्थामा सुत्ने खोठामा राखेको स्टिल दराज भित्र विभिन्न कपडाको गोजिमा राखिएका “डेढ तोला सुनको सिक्री थान १, आधा तोलाको सुनको टप थान २, आधा/आधा तोलाको सुनको औठी थान २, दुई तोला चाँदीको बाला थान २, आधा तोला सुनको मंगलसुत्र थान १” चोरी भएको भनि ऐ.१६:०० बजे खबर प्राप्त हुनासाथ प्र.नि.भुवन भट्टको कमाण्डमा ७ जनाको टोली खटिगएको, चोरी गर्ने ब्यक्तीहरु खो.त.कार्य भईरहेको र  ई.प्र.का.भालुवाङ दाङबाट थप अनुसन्धान भई रहेको ।  
१)सुन चोरी:-मिति२०७७।०८।१७ गते बिहान अं.०८:०० बजे जि.कपिलवस्तु महाराजगंज न.पा.३ चौहट्टी बस्ने सद्दिक मनिहारको श्रीमति वर्ष अ.५० कि सारजहा मनिहार आफ्नो घरदेखी दक्षिण पश्चिम अं.५०० मिटर टाढा अरहर खेतवारीमा शौचालय गरिरहेको अवस्थामा मौकापारी अपरिचित व्यक्तिले निज महिलाको आखाँमा खुर्सानीको धुलो हाली कानमा लगाएको एक जोर सुनको टप (झुम्का) खोसी वायाँ कानको लोती च्याति घाईते वनाई फरार भएको भन्ने निवेदन यस का.प्राप्त भए पश्चात तत्काल प्र.ना.नि.होम बहादुर पुनको कमाण्डमा -४ जनाको टोली उक्त स्थानमा खटिगई खोजतलाश गर्ने क्रममा ऐ.१८ गते अ.१४:०० वजे ऐ.वस्ने गुरु चरन खटिकको छोरा बर्ष २८ को रामवृक्ष खटिक आफ्नै घरमा वसिरहेको अवस्थामा फेला पारी शंकाको आधारमा सोधपुछ गर्दा निजको साथवाट एक जोर सुनजस्तो देखिने पहेलो धातुको टप (झुम्का) समेत फेला पारी सुन सहित निज व्यक्तिलाई नियन्त्रणमा लिईएको र  ई.प्र.का.महाराजगंज कपिलवस्तुबाट थप अनुसन्धान भई रहेको ।
प्रतिक्रिया दिनुहोस