पछिल्लो दुई दिनमा पाल्पामा थप २९ जना कोरोना सङक्रमित थपिए

पछिल्लो दुई दिनमा पाल्पामा थप २९ जना कोरोना सङक्रमित थपिए

पाल्पा,मंसिर १९

पाल्पामा बिहिबार र शुक्रवार थप २९ जनामा कोरोना संक्रमण देखिएको छ । तानसेन नगरपालिका तथा अस्पतालका १३ जना, माथागढी गाउँपालिकाका १ जना, पूर्बखोला गाउँपालिकाका ५ जना ,रम्भा गाउँपालिकाका २ जना ,रामपुर नगरपालिका तथा अस्पतालका २ जना, रिब्दीकोट गाउँपालिकाका १ जना, रैनादेबी छहरा गाउँपालिकाका २ जना र तिनाउ गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । जसमा १९ जना पुरुष र १० जना महिला रहेका छन ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार पाल्पामा कोरोना संक्रमितको संख्या १ हजार ६ सय २५ पुगेको छ । भने १ हजार ४ सय ४ जना निको भएका छन् । पाल्पामा कारोना संक्रमणकै कारण २३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस