पाल्पा मंसिर १९
रामपुरमा घरकाे छतबाट खसेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर नगरपालिका–६, का ५७ वर्षका नेत्रबहादुर हमाल रहेकाे प्रहरीले जनाएको छ ।
पिसाब गर्न घरबाट निस्कने क्रममा छतबाट भुईमा खसेर गम्भीर घाइते भएका हमाललाई उपचारका लागि रामपुर अस्पताल ल्याएपछि अस्पतालले मृत घोषणा गरेको हो ।