तरुणदल र नेपाल विद्यार्थी संघद्धारा पाल्पामा बिरोध प्रर्दशन

तरुणदल र नेपाल विद्यार्थी संघद्धारा पाल्पामा बिरोध प्रर्दशन


पाल्पा, मंसिर १८

तरुणदल र नेपाल विद्यार्थीले पाल्पामा बिरोध प्रर्दशन गरेका छन । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल माथि भएको अभद्र व्यवहारप्रति पाल्पामा तरुणदल र नेबि संघले विरोध प्रदर्शन गरेका हुन । तनहुँमा पुल उद्घाटन गर्न जाने क्रममा वरिष्ठ नेता पौडेल सहित नेता कार्यकर्तामाथिको पक्राउ र कुटपिट प्रकरणको विरोधस्वरुप नेपाल तरुणदल र नेपाल विद्यार्थी संघले आधा घण्टा चक्का जाम र कोणसभा गरेका हुन ।

नेविसंघका केन्द्रीय सदस्य हरिवोल भट्टराईले नेता पौडेललाई गिरफ्तार गर्नु आपत्तिजनक भएको र कठपुतली सरकारले आफ्ने असली रुप प्रर्दशन गरेको बताए । नेपाल तरुणदलका जिल्ला सभापति मेजर सिं केसीले ओली सरकारको भ्रष्टाचारलाइ संरक्षण गरेको र बास्कोटा काण्डबाट त्यो स्पष्ट भएको धारणा राखे ।

नेविसंघका जिल्ला सभापति कृष्ण बहादुर आलेले काँग्रेसका नेता कार्यकर्ताहरु सुतेको बाघ भएको र त्यसलाइ चलाउदा आउने परिणाम राम्रो नहुने बताए । उनले नेविसंघले जस्तो सुकै आन्दोलन पनि पछि नपर्ने थाल्ने चेतावनी दिए । विरोध प्रदर्शन कार्यक्रम तानसेनका आन्देलन चोकमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस