कांग्रेसका वरिष्ठ नेता पौडेल तनहुँ प्रहरीबाट ३ घण्टापछि रिहा

कांग्रेसका वरिष्ठ नेता पौडेल तनहुँ प्रहरीबाट ३ घण्टापछि रिहा


काठमाडौं- 
तनहुँमा पुल उद्घाटन गर्न पुगेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको तीन घण्टा नियन्त्रणमा राखेपछि रिहा गरेको छ। आफ्नो निर्वाचन क्षेत्र तनहुँमा पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले नेता पौडेललाई नियन्त्रणमा लिएको जनाएकाे छ। प्रहरीले पौडेललाई नियन्त्रणमा लिएपछि कांग्रेस सभापति शेरबहादुर देउवालगायतका कांग्रेस नेताहरूले चर्को विरोध जनाएका थिए। 

तनहुँमा पुल उद्घाटनमा कांग्रेस र युवासंघबीच विवाद भएपछि निषेधाज्ञा जारी गरी गरिएको थियो। सो निषेधाज्ञा उल्लंघन गरेको भन्दै पौडेललाई पक्राउ गरेको थियाे ।

व्यास नगरपालिका–१ स्थित तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको विषयमा कांग्रेस र राष्ट्रिय युवा संघबीच विवाद चर्किएपछि जिल्ला प्रशासन तनहुँले उक्त क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो। बुधबार मध्याह्न १२ बजेबाट साँझ ६ बजेसम्मलाई निषेधाज्ञा लगाइएको थियो।

प्रतिक्रिया दिनुहोस