पाल्पाका थप ३८ जनामा काेराेना सङक्रमण, सङक्रमित संख्या १५९६ पुग्याे

पाल्पाका थप ३८ जनामा काेराेना सङक्रमण, सङक्रमित संख्या १५९६ पुग्याे

पाल्पामा थप ३८ जना कोरोना संक्रमित पुष्टि भएकाे छ । थपिएका संक्रमितमध्ये १६ जना तानसेन नगरपालिका तथा अस्पतालका, रामपुर नगरपालिकाका २ जना, बगनासकाली गाउँपालिकाका ७ जना, पूर्वखोला गाउँपालिकाका ६ जना, रिब्दिकोट गाउँपालिकाका ४ जना, रैनादेवी छहरा गाउँपालिकाका २ जना र तिनाउ गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हाे ।

३८ जना थपिएसँगै पाल्पामा कोरोना संक्रमितको संख्या १ हजार ५९६ पुगेको छ । संक्रमितमध्ये २३ जनाको मृत्यु भएको छ भने १ हजार ३७१ जना निको भएका छन् । पाल्पामा २ सय २ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस