शिक्षकमा काेराेना देखिएपछि पूर्वखाेलाकाे जल्पा शील

शिक्षकमा काेराेना देखिएपछि पूर्वखाेलाकाे जल्पा शील

पूर्वखोला -२ जल्पामा एक विद्यालयका शिक्षकमा काेराेना देखिएपछि जल्पा शील गरिएकाे छ । शम्भु माध्यमिक विद्यालयमा अध्यापनरत एक शिक्षकमा काेराेना देखिएपछि खुलेकाे एक हप्ता नपुग्दै विद्यालय बन्द गरिएको छ ।
पूर्वखाेला गाउँपालिकाले एक सूचना प्रकाशन गर्दै जल्पाको पूर्वमा साकिने तल्लो गाउँ पश्च्चिममा देवीनगरको राँघु भन्ञ्याङ उत्तरमा लाभे बजार क्षेत्र शिल गरिएको पूर्वखोला गाउँपालिका स्वास्थ्य संयोजक मोहन ढकालले बताए । गाउँपालिकाले मंसिर १६ गते १ पूरुषमा कोविड १९ पोजेटिभ देखिने व्यत्ती समुदाय स्तरमा घुलमिल भएका कारण वडाको ती क्षेत्र शिल गर्नु परेको सूचना अधिकारी समेत रहेका ढकालले बताए ।

जल्पा मंसिर १६ गते रातको १२ बजे बाट २३ गते रातको १२ बजे सम्म सिल रहने पूर्वखोला गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस