पाल्पाका थप एक जना कोरोना संक्रमितको मृत्यु

पाल्पाका थप एक जना कोरोना संक्रमितको मृत्यु


पाल्पा,मंसिर १७


पाल्पामा थप एकजना कोरोना संक्रमितको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेजमा पाल्पा बगनासकाली गाउँपालिका १ का ३८ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनुभयो । उनमा उच्चरक्तचापको समस्य रहेको जनाइएको छ । ३८वर्षीय पुरुषलाइ मंसिर १३ गते संक्रमण पुष्टि भएको थियो ।

यसै बीच स्याङजा गल्याङ नगरपालिका ४ का ३९ वर्षीय पुरुषको पनि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस