नेकपाको सचिवालय बैठक शुरू

नेकपाको सचिवालय बैठक शुरू

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरू भएकाे हाे ।

कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले ओलीलाई ७ बुँदे पत्र र राजनीतिक प्रतिवेदन पेश गरेका थिए । प्रचण्डको पत्रमा सचिवालयका बहुमत सदस्यले आफूहरूको पनि समर्थन रहेको बताउँदै आएका छन् । मंसिर ३ गतेको बैठकमा ओलीले प्रचण्डको आरोपको लिखित जवाफ दिने बताएका थिए । 

प्रचण्डले ओलीको कार्यक्षमतामाथि प्रश्न उठाउँदै सचिवालयमा पत्र पेश गरेका थिए । उनले ओलीमाथि पार्टी विभाजनका लागि अध्यादेश ल्याउन खोजेको, संसद विघठनको तयारी गरेको जस्ता आरोप लगाएका थिए । ती आरोपबारे लिखित जवाफ दिन ओलीले १० दिनको समय माग गरेका थिए । 

सचिवालय बैठकपछि नेकपाले मंसिर १८ गते स्थायी कमिटी र २८ गतेदेखि केन्द्रीय कमिटीको बैठक बोलाएको छ । मंसिर १५ गतेका लागि तय भएको केन्द्रीय कमिटी बैठक २८ गतेसम्मका लागि सारिएको हो । प्रचण्डको प्रस्तावपछि नेकपा विवाद जटिल मोडमा पुगेको छ । 

प्रतिक्रिया दिनुहोस