काेराेनाका कारण पाल्पामा २२ काे मृत्यु, सङक्रमित संख्या १५३० पुग्याे

काेराेनाका कारण पाल्पामा २२ काे मृत्यु, सङक्रमित संख्या १५३० पुग्याे

पाल्पामा कोरोनाका कारण २२ जनाकाे मृत्यु भएकाे छ । शुक्रबार थप १ जनाको निधन भएसँगै काेराेनाका कारण मृत्यु हुनेकाे संख्या २२ पुगेकाे हाे । शुक्रबार बगनासकाली गाउँपालिका वडा नं. १ कि ६९ वर्षिया महिलाको शुक्रवार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पामा शुक्रबार थप २१ जनाका कोरोनाको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जिल्लाको विभिन्न स्थानका १२ जना महिला र ९ जना पुरुष गरी २१ जनामा कोरोना देखिएको हो । शुक्रवार थप भएका २१ सँगै कोरोना भाइरसको संक्रमितको संख्या १ हजार ५ सय ३० पुगेको छ । मृतक महिलाको लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा आइसोलेशनमै ज्यान गएको हाे ।

प्रतिक्रिया दिनुहोस