पाल्पा,मंसिर १०
बुधवार पाल्पामा थप २५ जनामा कोरोना संक्रमण देखिएको छ । तानसेन नगरपालिका तथा अस्पतालका १८ जना,माथागढी गाउँपालिकाका ३ जना,रामपुर नगरपालिकाका २ जना, पूर्वखोला र तिनाउ गाउँपालिकाका १र१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । जसमा १३ जना पुरुष र १२ जना महिला रहेका छन ।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार पाल्पामा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ९ पुगेको छ भने १ हजार २ सय ३७ जना निको भएका छन् । पाल्पामा कारोना संक्रमणकै कारण २१ जनाको मृत्यु भएको छ ।