बुधबार थपिए २५ सङक्रमित, पाल्पाका १ हजार ५ सय ९ जनामा काेराेना पुष्टि

बुधबार थपिए २५ सङक्रमित, पाल्पाका १ हजार ५ सय ९ जनामा काेराेना पुष्टि

पाल्पामा २५ जना कोरोना संक्रमित थपिएका छन् । बुधवार पाल्पामा १३ जना पुरुष र १२ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ ।

तानसेन नगरपालिका तथा अस्पतालका १८ जना, रामपुर नगरपालिकाका २ जना, माथागढी गाउँपालिकाका ३ जना, पूर्वखोला र तिनाउ गाउँपालिकाका १।१ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । पाल्पामा अहिलेसम्म ७ सय ७८ जना समुदायस्तरका व्यक्तिमा काेराेना देखिएकाे छ ।

बुधवार २५ जना थपिएसँगै हालसम्म पाल्पामा १ हजार ५ सय ९ जना संक्रमित पुगेका छन् । संक्रमितमध्ये १ हजार २ सय ३७ जना निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस