रैनादेवीछहरामा ट्याक्टर दुर्घटना हुँदा एककाे मृत्यु

रैनादेवीछहरामा ट्याक्टर दुर्घटना हुँदा एककाे मृत्यु

पाल्पा, मंसिर १०

रैनादेबी छहरा गा.पा.- ६ चहलासिमल स्थित भित्री कच्चि सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा एककाे मृत्यु भएकाे छ । दमार बाट माझिटोल तर्फ पराल लोड गरी आउदै गरेको लु ३ त ७१५६ नं. को ट्याक्टर दुर्घटना हुँदा सह चालक जिल्ला पाल्पा रैनादेवी छहरा गा.पा.- ६ बस्ने बर्ष १९ को रमन भट्टराईको घटनास्थलमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।

उक्त ट्याक्टरमा सवार ५ जना मध्ये  ३ जना घाईते भएको छन् । घाईतेहरुलाई उपचारको लागी तिनाउँ मेडिकल हल बुटवलमा पठाईएको छ । दुर्घटनामा घाइते हुनेहरूमा रैनादेबी छहरा गा.पा. ६ चहला बस्ने बर्ष १६ कि रक्षा के.सी., साेही स्थानका बर्ष १५ कि सबिक्षा के.सी. र बर्ष १४ को बिकास रायमाझी रहेकाे बताइएकाे छ । ट्याक्टर चालक नियन्त्रण रहेको, सवारी दुर्घटना सम्बन्धि अनुसन्धान कार्य जारी रहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस