मंगलबार लुम्बिनी प्रदेशमा १० काे मृत्यु, हेर्नुहाेस् कहाँ के भयाे ?

मंगलबार लुम्बिनी प्रदेशमा १० काे मृत्यु, हेर्नुहाेस् कहाँ के भयाे ?

मंगलबार लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा भएका घटनाकाे विवरण…

१)व.प्र.का.बुटवल रुपन्देही(सवारी  दुर्घटनाबाट घाईते/मृत्यु):-मिति २०७७।०८।०८ गते अं १२:४५ बजे जि.रुपन्देही देबदह न.पा.१० गणेशनगर स्थित पुर्ब पश्चिम राजमार्गमा पश्चिमबाट पुर्बतर्फ जादै गरेको लु ४७ प ३२०२ नं.को मो.सा.र बिपरित दिसाबाट आउँदै गरेको  लु ६५ प ५८६२ को मो.सा एक आपसमा ठक्कर खांदा निम्न मानिसहरु घाईते भई  उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको, घटनास्थलमा यस का.बाट प्र.नि.गोबिन्द रेग्मीको कमाण्डमा ७ जनाको टोली खटिएको, उक्त स्थान यस का.बाट ३ कि.मी.पुर्ब पर्ने ।                                                             निम्न १ लु ६५प ५८६२ मो.सा.चालक जि.पर्बत घर भई हाल नवलपरासी प्रतापपुर गा.पा.१ बस्ने बर्ष ५८ को कमान सिह थापा ( उपचारको क्रममा मृत्यु) २ लु ४७ प ३२०२ मो.सा चालक जि.पाल्पा बगनासकाली गा.पा.४ बस्ने बर्ष ३२ को योगेन्द्र तिमिल्सेना दाहिने हात र खुट्टामा चोट सामान्य । ३ ऐ.पछाडी सवार जि.स्याङजा कालीगण्डकी गा.पा.५ बस्ने बर्ष ४१ को गुणाखर भुसाल बाँया हात भाचिएको अबस्था मध्यम । थप अपडेट:-दुबै जना घाईतेको ऐ.अस्पतालमा उपचार हुदै अबस्था सुधार भएको  
२)अ.प्र.चौ.फत्तेपुर(ख) बाँके(झु.आ.ह.):-मिति २०७७।०८।०८गते बिहान अं.०५:५० बजे जि.बाँके राप्तिसोनारी गा.पा.६पदनाह बस्ने छबिलाल थारुको श्रीमति बर्ष ४७ की सुन्दरी थारुले आफ्नै घरको भर्याङमा सल(दोपट्टा)ले घाँटीमा पासो लगाई झु.आ.हा.गरेको । ३)ई.प्र.का.बनकट्टि(क)कम्दी बाँके(झु.आ.ह.):-मिति २०७७।०८।०८ गते अं.०७;५५ बजे जि.बाँके डुडुवा गाँ.पा.५ नयाँबस्ति बस्ने गंगाराम वलीको छोरा वर्ष २२ को सागर वलीले आफ्नै घरदेखि अं.२०० मिटर पुर्वतर्फ रहेको ऐ.४ बस्ने नन्दकिशोर खटिकको गाँईगोठको काठको बलोमा प्लाष्टिकको डोरीले पासो लगाई झु.आ.ह.गरेको
४)जि.प्र.का.बाँके(बिषादी सेवानबाट मृत्यु):-मिति २०७७।०८।०८ गते अं.१०:२० बजे जि.बाँके नेपालगंज उ.म.न.पा. १० भृकुटिनगर बस्ने बर्ष ५५ को लाल बहादुर थापा मगरले आफ्नै घरमा सल्फास नामक बिषादी सेवान गरी घाईते भएको उपचारको लागी नर्सिङहोम नेपालगंज बाँकेमा पठाएको उपचारको क्रममा ऐ.१८:०० बजे घाइते लाल बहादुर थापाको मृत्यु भएको,मृतक लाश भेरि अस्पताल नेपालगन्ज बाँकेमा राखिएको ।
५)ई.प्र.का.लुम्बिनी रुपन्देही (झु.आ.ह.):-मिती २०७७।०८।०८ गते १६:३४ बजे जि.रुपन्देही लुम्बिनी साँस्कृतिक न.पा.४ अमारी घर भई हाल ऐ १० महिलवार निरज शाहिको घरमा भाडामा बस्दै आएका पुरुषोत्तम लाल श्रीवास्तवको छोरी अं बर्ष  १४  कि खुशी श्रीवास्तब  घरमा कोहि नभएको बेला खाली कोठाको पँखा झुन्ड्याउने सिलिङ्गमा चुन्नी जस्तो देखिने कपडाको पासो लगाई झुन्डी मृत्यु अवस्थामा रहेको, यस का.बाट प्र.नि. सहित soco को टोली खटिएको, झुण्डिनुको कारण नखुलेको, उक्त स्थान यस का.बाट अं.४ कि.मि.दक्षिण तर्फ पर्ने ६)ई.प्र.का.छपीया रुपन्देही (झु.आ.ह.):- मिति २०७७।०८।०८ गते २१:३० बजे जिल्ला रुपन्देही शुद्दोन गा.पा.६ शिशवा बस्ने बर्ष २५ की गिता लोध आफ्नै घरको कोठाको सिलिङ पंखामा पासो लगाई झु.आ.ह.गरेको निजको श्रीमान राम प्रकाश लोधले देखि तत्काल पासो काटी उपचारको लागी भिम अस्पताल भैरहवा ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको
७)ई.प्र.का.सानोश्री बर्दिया(झु.आ.ह.):-मिति २०७७।०८।०८ गते अ.०७.०० बजे जि.बर्दिया मधुबन. न.पा.५ गाँउ नं.१० बस्ने बर्ष ७५ को बिरसिंह वलीले आफ्नै घर अगाडी जामुनको रुखमा प्लाष्टिकको नाम्लोले पासो लगाई झु.आ.ह.गरेको
८)प्र.चौ.खैरापुर’ख’बर्दिया(मानिस मृत फेला):-मिति २०७७।०८।०८ गते अं.१३:३० बजे जि.बर्दिया गुलरिया न.पा.१ गाँउ न.१५ बस्ने अन्तराम थारुको छोरी बर्ष २३ की आशा चौधरी २०७७।०८।०७ गते १३:०० बजे घरबाट कोही कसैलाई नसोधी निस्केकोमा निजलाई खो.त.गर्ने क्रममा जिऐ.२ कृष्णसार संरक्षणको क्षेत्रभित्र मृत अवस्थामा फेला परेको घटनामा जि.प्र.का.बाट प्र.नि. को कामण्डमा ५ जनाको टोली खटि हेर्दा मृतक लाश देखि अं.१५० मिटर पुर्व उत्तरको दुरीमा मृतकको एक जोडी चप्पल फेला परेको, उक्त स्थानमा ४।५ ठाँउमा बोमिट गरेको स्थान देखिएको र मृतकको मुखमा बिषादीको पाउडर जस्तो देखिएको,
९)सि.प्र.चौ.मथुरा(किरा मार्ने औषधी छर्केने क्रममा बेहोस भई मृत्यु):-मिति :२०७७।०८।०८ गते अं.११:३० बजे  जि.बर्दिया  गुलरिया न.पा.१० प्रर्सिया बस्ने बर्ष अं.५५ को भोसु थारुले आफ्नै खेतबारीमा किरा मार्ने औषधी छर्केने क्रममा गन्ध आई बेहोस भई उपचारको लागी जि.अस्पताल गुलरियामा ल्याई थप उपचारको लागी नेपालगंज नर्सिङ होममा पठाईएको, अवस्था बेहोस, निजलाई भेरी अस्पतालमा लगी चेकजाच गराउदा उक्त रक्तचापको कारण निजको टाउकोमा रगत जमेको र अप्रेशन गर्दा समेत सफल  नहुने भनी डाक्टरको सल्लाह अनुसार निजलाई  १८:०० बजे घर ल्याएकोमा  ऐ. १८:३० बजे घरमा नै मृत्यु  लास घरमा नै रहेको ।
१०)प्र.चौ.पत्थरदेहिया कपिलवस्तु(झु.आ.ह.):-मिति २०७७।०८।०८ गते ११:४० बजे जि.कपिलवस्तु विजयनगर गा.पा.०३ मैनारी बस्ने धर्मेन्द्र कुमार चौहानकी श्रीमती बर्ष २६ की सम्झना चौहानले आफ्नै घरको सुत्ने कोठामा फलामको बलोमा सारिको पासो लगाई झुण्डी मृत अवस्थामा रहेको देखी निजको श्रिमानले पासो फुकाई निज मृतकलाई घरमै राखेको छ भन्ने खबर प्राप्त हुनासाथ प्र.स.नि. को कमाण्डमा २ जना र तालुक ई.प्र.का.गणेशपुरबाट प्र.नि. को कमाण्डमा ७ जनाको SOCO टोली सहित घटनास्थलमा खटिई गएको, मृतकको घरमा श्रीमान  र १ छोरी, १ छोरा रहेको, झुण्डीनुको कारण नखुलेको, अन्य थप अनुसन्धान कार्य भैरहेको,
११)ई.प्र.का.पुर्वखोला पाल्पा(लडी मृत्यु):-मिति २०७७/०८/०७ गते अं.२१:३० बजे जि.पाल्पा पुर्बखोला गा.पा.४ बेसरगाहा बस्ने मान बहादुर गाहाको छोरा बर्ष २७ को देवन सिहं गाहा म.प.से.गरी घर फर्किने क्रममा बाटोबाट अं.५ मिटर तल लडिरहेको अवस्थामा निजको बहिनीले ऐ.०८ गते बिहान ०३:०० बजे फेला पारी उपचारको लागी युनाईटेड मिशन अस्पताल पाल्पा ल्याकोमा ऐ.०७:०० बजे डाक्टरले मृत घोषण गरेको,
१२)ई.प्र.का.भगबानपुर बाँके (ला.औ.सहित मानिस नियन्त्रण:-मिति २०७७।०८।०८ गते अं.२०:४० बजे जि.बाँके नरैनपुर गा.पा.१ सुईया स्थित नेपालबाट भारततर्फ ला.औ.लैजादै छ भन्ने गोप्य सुचनाका आधारमा यस कार्यालयबाट प्र.नि.बसन्त गौतमको कमाण्डमा खटिएको टोलिले देश भारत जिल्ला श्रावस्ति बैजिहवा गाउ बस्ने बर्ष २८ को धर्वेन्द्र कुमार पासवानले चलाएको  up 46 j 2054 न.को मो.सा.शंका लागि चेकजाँच गर्ने क्रममा निज धर्बेन्द्र कुमारको शरिर तलासी लिँदा निजले लगाएको सटको खल्तिभित्र किसान लेखेको सलाईको बट्टाभित्र अं.१के.जि.१३० ग्राम  ला.औ.चरेस जस्तो देखिने पदार्थ फेला पारी मो.सा.र सोहि मो.सा.मा पछाडि सवार ऐ. बस्ने वर्ष २१ को राम किसुन पासवान समेतलाई नियन्त्रणमा लिई  यस कार्यालयमा ल्याई अनुसन्धान भईरहेको, ।
१३)प्र.चौ.पत्थरदेहिया कपिलवस्तु(बिप्लव कार्यकर्ता पक्राउ):-मिति २०७७।०८।०८ गते १२:२० बजे जि.कपिलवस्तु बिजयनगर गा.पा.०४ त्रिपालनगर स्थित यस चौकीबाट प्र.स.नि.हेम ब.जि.सी.को कमाण्डमा ४ जनाको गस्ती टोलिले त्रिपालनगरबाट चन्द्रौटातर्फ जाँदै गरेको पैदल यात्री ऐ.बस्ने बर्ष ३९ को देवराज देवकीलाई शंका लागि निजको शरिर तथा झोला चेकजाँच गर्दा निजको साथबाट बिप्लब समुहको झण्डा र पर्चा सहित फेला पारी नियन्त्रणमा लिई आबश्यक कार्वाहिको लागि तालुक ई.प्र.का.गणेशपुर पठाईएको, वि.वि.पछि । थप अपडेट:- आवश्यक अनुसन्धान भैरहेको ।
१४)ई.प्र.का.गणेशपुर कपिलवस्तु(हात हतियार सहित मानिस नियन्त्रणमा):-मिति २०७७।०८।०८ गते १२:०० बजे जि.कपिलवस्तु बिजयनगर गा.पा.१ नेउलागंज स्थित यस का.बाट सादा पोसाकमा खटिएको प्र.स.नि.जमि उल्लाह मिरको कमाणडमा ४ जनाको टोलिले गोप्य सुचनाको आधारमा ऐ.बस्ने महगु थारुको छोरा बर्ष ४९ को जोखु थारुको घरमा खानतलासी गर्दा निज जोखु थारुको घरबाट १(एक) थान भरुवा बन्धुक फेला पारी बरामद गरी हात हतियार सहित मानिस नियण्त्रणमा लिई यस का.मा ल्याईएको, उक्त हात हतियार  आवश्यक कारवाहीको लागी जि.प्रहरी कार्यालय तौलिहवा कपिलवस्तु पठाईएको
१५)जि.प्र.का.रुकुम पुर्ब (बिप्लप कार्यकर्ता नियन्त्रणमा):मिति २०७७।०८।०८ गते १७:३० बजे जि.रुकुम पुर्ब पुथाउत्तरगंगा गा.पा.१० तकसेरा घर भएको बर्ष ३० को लक्ष्मण बुढामगर हाल जि.रुकुम पुर्ब सिस्ने गा.पा.६ छिप्रिदह बजारमा हिडडुल गरिरहेको अवस्थामा यस का.बाट खटिएका प्र.नि. को कमाण्डमा ५ जनाको टोली खटिगई निज लक्ष्मण बुढामगर बिप्लप समुहको कार्यकर्ता भएको संका भएको हुदा निजलाई सोधपुछको लागी यस का.मा ल्याईएको, उक्त स्थान ५ कि.मि.पश्चिम पर्ने ।
स्राेतः लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ
प्रतिक्रिया दिनुहोस