पाल्पामा छैठाैं उद्याेग दिवस मनाइयाे

पाल्पामा छैठाैं उद्याेग दिवस मनाइयाे

पाल्पा, मंसिर ९

पाल्पाकाे तानसेनमा छैठाैं उद्याेग दिवस मनाइएकाे छ । पाल्पामा उद्याेग, वाणिज्य तथा करसम्बन्धी अन्तरर्क्रिया गर्दै घरेलु तथा साना उद्योग कार्यालय¸ पाल्पाकाे आयोजनामा “उद्योग र राेजगारः समृद्धिको आधार” भन्ने मूल नाराका साथ दिवस मनाइएकाे हाे ।

जिल्ला समन्वय समिति पाल्पाकी कार्यवहाक प्रमुख मीरा मरासिनीले कार्यालयले वार्षिक रूपमा प्रतिवेदनमात्रै प्रस्तुत गर्नुभन्दा राेजगारमुखी कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेकाे बताइन् । उनले अहिले उद्याेग तथा व्यवसाय सञ्चालनमा कठिनाइ उत्पन्न भएकाे भन्दै अनुदान बढी र काम कम हुने गरेकाे बताइन् ।

उद्याेग दिवसमा कायर्पत्र प्रस्तुत गर्दै करदाता सेवा कार्यालय पाल्पाका कर अधिकृत सागर पाेखरेलले कुनै पनि व्यवसाय वा लगानीबाट हुने आयमा निर्धारण याेग्य कर बुझाउनु व्यक्तिकाे दायित्व हुने बताए । स्थायी लेखा नम्बर, मूल्य अभिवृद्दि कर, मु.अ. करमा अनिवार्य दर्ता हुनुपर्ने व्यवसायहरू, दर्ता भएपछि गर्नुपर्ने काम, विवरण पेश गर्नुपर्ने प्रावधान, अनुमानित आय विवरण कहिले र कसरी पेश गर्ने जस्ता विषयमा सहभागीहरूलाइ जानकारी गराएका थिए ।

पाल्पा उद्याेग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले सरकारकाे कारण धेरै पढेका र बुझेकाहरूमात्र व्यवसायमा लाग्नुपर्ने अवस्थाकाे सिर्जना हुन थालेकाे भन्दै कर प्रणालीलाइ अझ सहज र पारदर्शी बनाउनुपर्ने बताए । काेष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाका प्रमुख काेष नियन्त्रक खेमराज घिमिरेले घरेलु तथा साना उद्याेग गर्नेहरू पनि अनुदानमा भर परेर व्यवसायमा लाग्न नहुने बताए ।

घरेलु तथा साना उद्याेग कार्यालयका प्रमुख देविराम भण्डारीले पाल्पामा ७ हजार ५ सय भन्दा बढी फर्महरू दर्ता भएकाे बताउँदै देशमा आर्थिक समृद्दिका लागि नीजि क्षेत्र, सहकारी र सरकारी पक्षहरूकाे सहकार्यलाइ बलियाे बनाउनु आवश्यक रहेकाे बताए । उनले कार्यक्रममा सहभागी विभिन्न उद्योगी¸ व्यवसायी¸ तथा सरोकारवालाहरूकाे जिज्ञाशा मेटाउँदै काेराेना महामारीका कारण व्यवसायमा समस्याहरू देखा परेकाे बताएका थिए ।

पाल्पा उद्याेग वाणिज्य संघ र नेपाल घरेलु तथा साना उद्याेग महासंघ पाल्पाकाे समन्वय भएकाे कार्यक्रमकाे सञ्चालन उद्यम विकाश सहजकर्ता मनाेज घिमिरेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस