पाल्पामा थप एक कोरोना संक्रमितको मृत्यु

पाल्पामा थप एक कोरोना संक्रमितको मृत्यु

पाल्पा मंसिर ९

पाल्पामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। रामपुर नगरपालिका १० का ८४ वर्षका पुरुषको लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ ।

उनमा स्वासप्रश्वास सम्बन्धि समस्या रहेको र उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। यससँगै पाल्पामा कोरोनाले मृत्यु हुनेको संख्या २१ पुगेको छ।

पाल्पामा मंगलबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तानसेन नगरपालिका र अस्पतालका ८ जना , रामपुर नगरपालिका २ जना र रैनादेवी छहरा गाउपालिकाका १ जना गरी ११ जना रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
योसँगै पाल्पामा एक हजार ४सय८४ जना कोरोना संक्रमित पुगेका छन् भने एक हजार २ सय ३७ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस