लुम्बिनी प्रदेशमा भएका ७ घटनामा ८ काे मृत्यु

लुम्बिनी प्रदेशमा भएका ७ घटनामा ८ काे मृत्यु

सेराेफेराे डेस्क, पाल्पा

साेमबार लुम्बिनी प्रदेशमा भएका विभिन्न ७ घटनामा ८ जनाकाे मृत्यु भएकाे छ । लुम्बिनीकाे पाल्पा, रूपन्देही, राेल्पा र कपिलवस्तु जिल्लामा भएका ७ घटनाहरूमा परि ८ जनाले ज्यान गुमाएकाे लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएकाे छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङले उपलब्ध गराएकाे विवरण हेर्नुहाेस्...

१)ई.प्र.का.रामपुर पाल्पा( सवारी दुर्घटनाबाट मृत्यु):- मिति २०७७।०८।०८ गते अं.०२:३० बजे जिल्ला पाल्पा रामपुर न.पा.-७ बट्टार स्थित डम्रिगाउबाट बिजयपुरतर्फ जाँदै गरेको लु ५० प ६२१ नं.को स्कुटि अचानक अनियन्त्रित भई दुर्घटना हुन जाँदा स्कुटी चालक ऐ.बस्ने बर्ष अं.२०/२२ को जिवन रानाको घटनास्थलमानै मृत्यु भएको,
२)व.प्र.का. बुटवल रुपन्देही (सवारी दुर्घटनाबाट मृत्यु):-मिति २०७७।०८।०७ गते अं.१५:३५ बजे जि.रुपन्देही बुटवल उ.म.न.पा.९ बसपार्क स्थित सिद्दार्थ राजमार्गमा लु ११प ४२१६ नं.को मो.सा.लाई  लु २ ख १९०५ न.को टिपरले ठक्कर दिँदा मो.सा चालक जि.पाल्पा निस्दी गा.पा.३ बस्ने बर्ष अं ३३ को मान ब.सोती घाईते भई उपचारको लागि लुम्बिनी प्रादेशीक अस्पताल बुटवल लगेकोमा  १५:५० मृत्यु भएको,
३)ई.प्र.का.मंगलापुर रुपन्देही (सवारी दुर्घटनाबाट मृत्यु):-मिति २०७७।०८।०८ गते अं २२:२० बजे जिल्ला रुपन्देही तिलोत्तमा न.पा.-७ भलवारी स्थित लु २४ प ७५०६ नं.को मो.सा.आफै अनियन्त्रित भई सडकको डिभाईडरमा ठोकिन जाँदा मो.सा. चालक जि.रुपन्देही तिलोत्तमा न.पा- १५ मधवलिया बस्ने बर्ष- अं. २७ को बिकाश चौधरी र ऐ, मो.सा.मा पछाडी सवार ऐ,ऐ, बस्ने बर्ष- २० को हरि गुरुङ घाईते भई दुबै जनालाई उपचारको लागी क्रिमसन अस्पताल मणिग्राम लगेकोमा ,निजहरु दुबै जनाको उपचारको क्रममा अं. ऐ, २२:४५ बजे मृत्यु भएको ,
४)ई.प्र.का.होलेरी रोल्पा (विषादी सेवनबाट मृत्यु):-मिति २०७७।०८।०६ गते राति अं.००:३० बजे जि.रोल्पा रुन्टीगढि गा.पा.७ लेखदह बस्ने मान बहादुर वुढाको श्रीमति बर्ष ४१ की झमिसरा वुढाले आफ्नै घरमा तरकारीमा हाल्ने जि-अट्याक नामक विषादी सेवन गरि मृत्यु भएको ५)अ.प्र.पोष्ट गोगनपानी रोल्पा (कुटपिटबाट मृत्यु):-मिति २०७७।०८।०४ गते अं.२२:०० बजे जि.रोल्पा न.पा.५ छाप बस्ने बर्ष २८ को मोहन बि.क.ले ऐ.बस्ने बर्ष ५६ को भिमराज घर्तिलाई मा.प.से.गरी भनाभन हुदाँ हात खुट्टाले हानी कुटपिट गरी घाईते भएको, बाहिरी चोट नदेखिएको, उपचारको लागी प्युठानको स्वास्थ्य चौकिमा उपचार पश्चात थप उपचारको लागी मिति २०७७।०८।०६ गते राप्ति विज्ञान प्रतिष्ठान दाङमा उपचार हुननसकि मिति २०७७।०८।०७ गते ०५:०० बजे मेडिकल कलेज कोहलपुर रिफर भएकोमा १०:०० बजे बाटोमा लेजादै गर्दा निजको मृत्यु भएको,कुटपिट गर्ने ब्यक्ति जि.प्र.का.दाङमा पक्राउ परेको,
६)व.प्र.का.बुटवल रुपन्देही (मानिस मृत्यु):-मिति २०७७।०८।०७ गते अं.१४:०० बजे जि.रुपन्देही बुटवल उ.म.न.पा. ११ बिनापाते स्थित साबिक बाग्मती अञ्चल नुवाकोट जि.भतुराले ५ घरभई  हाल ऐ.देउमाया रानाको दुई कोठे घरमा डेरा गरि बस्ने बर्ष ६० को उद्दब तामाङ कोठा भित्र अचेत अबस्था छ भन्ने स्थानियहरुले खबर गर्नासाथ प्र.ना.नि.भरत ब.थापाको कमाण्डमा ३ जना टोलि खटिगई हेर्दा निज मृतक अबस्थामा रहेको, प्रहरीद्बारा घटनाको थप अनुसन्धान भई रहेको
७)ई.प्र.का.पिपरा कपिलवस्तु ( झु.आ.ह.):-मिति २०७७।०८।०८ गते ०२:३० बजे जिल्ला कपिलवस्तु बाणगंगा न.पा.९ भर्तापपुर बस्ने बर्ष ३८ की राधा पौडेल ( बिबाहित ) ले आफ्नै घरको आफु सुत्ने कोठामा काठको बलोमा चुन्नीको पासो लगाई झुण्डी मृत्यु भएको , घटनामा SOCO सहितको टोली खटिई गएको,निजको घरमा श्रीमान र १ छोरा रहेको,श्रीमान र छोरा काममा गएको,झुण्डीनुको कारण नखुलेको अन्य थप अनुसन्धान हुदै  ।
८)ई.प्र.का.जमुनाह बाँके (ला.औ. सहित मानिस पक्राउ):- आज मिति २०७७।०८।०७ गते अं.२१;०५ बजे जिल्ला बाँके नेपालगंज उ.म.न.पा.१५ जमुनाह चेक पोष्टमा यस का.बाट प्र.ह. नुर्ज बहादुर के.सी.को.कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला बाँके नेपालगंज उ.म.न.पा. ९ बाँकेगाऊ बस्ने बर्ष ३२ को शाहबुदिन ढपालीलाई शंका लागी चेकजाँच गर्दा निजले भारतबाट लुकाई छिपाई ल्याउदै गरेको ४० सिसि (प्रति सिसि १०० ml) ला.औ. कोरेक्स सहित फेला पारी नियन्त्रणमा लिई यस का.मा राखिएको,
प्रतिक्रिया दिनुहोस