सङ्क्रमितको मृत्यु भएको नौ दिन पछि रिपोर्ट

सङ्क्रमितको मृत्यु भएको नौ दिन पछि रिपोर्ट


पाल्पा, मंसिर ८
पाल्पामा कोरोना संक्रमणका कारण मृत्यु भएका एक ब्यक्तिको मृत्यु भएको नौ दिन पछि रिपोर्ट आएको छ । रम्भा गाउँपालिका ४ का ५३ वर्षीय कोरोना संक्रमित पुरुषको कात्तिक ३० गते भैरहवामा मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । उनको उपचारको क्रममा ३० गते मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । याे संगै पाल्पामा मृत्यु हुनेको संख्या २० पुगेकाे छ ।

पाल्पामा सोमबार १० जना कोरोना संक्रमित थपिएका छन । संक्रमित हुनेमा ६ जना पुरुष र ४ जना महिला छन् । रैनादेवी छहरा गाउँपालिकाका २ जना, बगनासकाली र रम्भा गाउँपालिकाका १ ÷ १ र तानसेन नगरपालिका तथा अस्पतालका ६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा ६ जना पुरुष र ४ जना महिला छन् ।
पाल्पामा हाल सम्म संक्रमितहरुको संख्या १ हजार ४ सय ७३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस