पाल्पामा थप ३९ जनामा काेराेना सङक्रमण, तानसेन उच्च जाेखिममा!

पाल्पामा थप ३९ जनामा काेराेना सङक्रमण, तानसेन उच्च जाेखिममा!

पाल्पामा थप ३९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । आईतबार पाल्पामा अहिलेसम्मकै धेरै सङक्रमित थपिएका हुन् । थपिनेमा ३० जना तानसेन नगरपालिका भित्रका रहेका छन् । यससँगै तानसेनमा चाडपर्व सकिएसँगै उच्च सतर्कता अपनाउनु आवश्यक देखिएकाे छ ।

आईतबार थपिएका संक्रमितहरुमा २३ जना पुरुष र १६ जना महिला रहेकाे स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । थपिएका मध्ये वगनासकाली गाउँपालिकामा २ जना, माथागढी गाउँपालिकामा ३ जना, रिब्दीकोट/रैनादेवी छहरा गाउँपालिकामा १/१ जना र पूर्वखोला गाउँपालिकामा २ जना रहेका छन् ।

यससँगै पाल्पामा कुल संक्रमितको संख्या १४ सय ६३ पुगेकाे छ ।  पाल्पामा थप ३८ जनाले काेराेना जित्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस