पाल्पामा काेराेनाका कारण थप एक महिलाकाे मृत्यु, २१ सङक्रमित थपिए

पाल्पामा काेराेनाका कारण थप एक महिलाकाे मृत्यु, २१ सङक्रमित थपिए

पाल्पा, मंसिर ५

पाल्पामा कोरोना संक्रमित थप एक महिलाको मृत्यु भएको छ । रामपुर नगरपालिका –५ की ५४ वर्षीय महिलाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले पुष्टि गरेको हो ।

महिलालाई मधुमेह र उच्च रक्तचाप भए पछि कात्तिक १९ गते अस्पताल भर्ना गरिएको थियो । २० गते मात्र उनको रिपोर्ट पोजेटिभ आएको थियाे । योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या १९ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

शुक्रबार पाल्पामा १५ जना पुरुष र ६ जना महिलामा काेराेना संक्रमण पुष्टि भएको हो । माथागढी, बगनासकालीका एक ÷एक जना, रामपुरका ४ जना र तानसेनका १५ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसंगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार ४ सय २४ पुगेको छ । जिल्लामा अहिलेसम्म एक हजार एक सय ५५ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस