सञ्चारकर्मी काफ्ले ल्याए ‘पिरतीको नसा’

सञ्चारकर्मी काफ्ले ल्याए ‘पिरतीको नसा’

पाल्पा, मंसिर ४

पाल्पा तानसेनमा रहेर संचारकर्म गरिरहेका दिनेश काफ्लेले ‘पिरतीको नसामा’ नामक लोक गीत बजारमा ल्याएका छन ।काफ्लेको स्वर, लय, शब्द सिर्जना र अभिनयमा रहेको लोकदोहोरी गीत ‘पिरतीको नसा’ योग्सना डिजिटल म्युजिक प्रालिको यु्ट्युब च्यानलबाट बजारमा आएको हो । गीतमा दिनेश काफ्ले र धनि गाहाले स्वर दिएका छन । काफ्लेले यस अघि रुपै हेर्ने ऐना, गुन, पहिलो माया गुमाए जस्ता गीतमा आफ्नो लय, शब्द तथा स्वर दिइसकेका छन ।

गीतको म्युजिक भिडियोमा दिनेश काफ्ले, खुसी सुनार र रमेश आचार्यले अभिनय गरेका छन् । गायक काफ्ले विगत ३ वर्षदेखि युनिक एफएममा लोकगीतको कार्यक्रम चलाउदै आएका छन् ।

पर्वतमा जन्मिएका काफ्लेले तानसेनलाई कर्मथलो बनाउदै आएका छन ।
सानै उमेरबाट स्टेज कार्यक्रममा गीत गाँउदै आएका काफ्ले क्यारिकेचरमा समेत रुचि भएको बताउछन । आफू यस क्षेत्रमा लाग्न परिवार र साथिबाट हौसला पाएको काफ्लेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस