पाल्पामा थप एक जना कोरोना सङक्रमितको मृत्यु

पाल्पामा थप एक जना कोरोना सङक्रमितको मृत्यु

पाल्पा, मंसिर ३ ।

पाल्पामा बुधवार थप एक जना कोरोना सङक्रमितको मृत्यु भएको छ । बगनासकाली गाउँपालिका ६ की ५१ बर्षिय महिलाको उपचारको क्रममा युसिएमएस भैरहवामा निधन भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । यससँगै पाल्पामा कोरोनाका कारण निधन हुनेको संख्या १८ पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

बुधबार जिल्लामा थप १९ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ भने ५ जना निको भएका छन । थपिएका १९ जनामा १३ जना महिला र ६ जना पुरुष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस