नेकपा सचिवालय र मन्त्रिपरिषद बैठक एउटै समयमा

नेकपा सचिवालय र मन्त्रिपरिषद बैठक एउटै समयमा

काठमाडौं, मन्त्रिपरिषदको बैठक र नेकपा सचिवालयको बैठक एउटै समयमा बाेलाइएकाे छ । नेकपामा शक्ति संघर्ष उत्कर्षमा पुगेकाे समयमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बाेलाएका छन् जुन समय पूर्वनिर्धारित नेकपा सचिवालय बैठक बाेलाइएकाे थियाे । नेकपाकाे यसअघि बसेको सचिवालय बैठकले बुधबार दिउँसो १ बजे सचिवालय बैठक बस्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद बैठकको समय जुधेपछि सचिवालय बैठक के हुन्छ भन्ने अन्यौल भएको छ । सचिवालयमा प्रधानमन्त्री ओलीसहित ईश्वर पोखरेल, रामबहादुर थापा (बादल) र विष्णु पौडेल मन्त्रिपरिषदमा समेत छन् ।

नेकपाको विवाद उत्कर्षमा पुगेका बेला पर्यटनमन्त्रीसमेत रहेका नेता योगेश भट्टराईले ‘सर्वाधिक कठिन समय’ भएको बताएका छन् । उनले ट्वीटरमा सो कुरा उल्लेख गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस