वगनासकाली खरको छानो मुक्त गाउँपालिका

वगनासकाली खरको छानो मुक्त गाउँपालिका

पाल्पा बगनासकासकाली ८ बराङ्दी का ५८ वर्षिय गंगा रजालीलाई खरको छानो हुदा पानी चुहिएर समस्या पर्दै आएको थियो, गाउपालिकाले ३ वण्डल जस्तापाता दिएपछी अहिले सजिलो भएको छ । दैनिक ज्याला मजदुरी गरी गुजारा गर्दै आउनुभएका रजालीलाई गाउँपालिकाले जस्तापाता दिएपछी ओत लाग्ने घर भएको आभास भएको छ ।

बगनासकाली गाउपालिका पाल्पाले फुसरहित गाउपालिका बनाउने अभियान अन्र्तगत ९ वटै वडामा खरको छाना भएकाहरुलाई जस्ता पाता वितरण गरेको थियो । स्थानीय तहको निर्वाचन पछी पहिलो साधारणसभाबाट गाउपालिकालाई फुस रहित पालिका बनाउने कार्यक्रम सुरु भएको थियो । वडा वडाबाट खरको छाना भएकाहरुको लगत संकलन गरी ३ वण्डलका दरले जस्तापाता वितरण भएको हो । ३ आर्थिक वर्षमा सम्पन्न गरिएको फुसरहित अभियानबाट गाउपालिका २ सय ५२ घरहरुमा खरको छाना विस्थापित गरी जस्ता पाता लगाइएको छ । बगनासकाली गाउपालिकाबाट ८५ लाख रुपैयाको लगानीमा कार्यक्रम सम्पन्न गरिएको गाउपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताउनुभयो । “आर्थिक अवस्था कमजोर भएर खरको छानोमूनी बस्नुपरेका नागरिकका लागि ओत लाग्न जस्तापाता वितरण गरेका हौं । अध्यक्ष बस्याल भन्नुहुन्छ । ”

आर्थिक अवस्था कमजोर भएर जस्तापाता लगाउन नसकेका नागरिकहरुको लागि गाउपालिकाले ३ बण्डलका दरले जस्तापाता वितरण गरेको थियो । अहिले वगनासकाली गाउँपालिका खरको छाना मुक्त गाउँपालिका बनेको छ ।

प्रतिक्रिया दिनुहोस