कालिगण्डकीमा डुबेर बाेटे बेपत्ता

कालिगण्डकीमा डुबेर बाेटे बेपत्ता

रामपुर नगरपालिका–१० सिकोडाँडा पाल्पा स्थित कालीगण्डकी नदीमा डुवेर एक युवक बेपत्ता भएका छन् । दाउरा निकाल्ने क्रममा डुवेर गल्याङ नगरपालिका ९ स्याङ्जाका ३६ वर्षीय सुवास बोटे बेपत्ता भएका हुन् ।

मंगलबार स्थानीय लक्ष्मण माझि, छोप बहादुर बोटे र बुद्दे बोटेसँगै दाउरा निकाल्न नदीमा गएका सुवास बेपत्ता भएका हुन् । साथीहहरुसँगै दाउरा निकाल्न खोज्दा सुवास अचानक नदीमा डुवेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

उनको प्रहरी र स्थानीयले खाजी कार्य जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस