लाञ्छना न्यूनिकरण सम्बन्धी अभिमुखीकरण

लाञ्छना न्यूनिकरण सम्बन्धी अभिमुखीकरण

नेपाल परिवार नियोजन संघ पाल्पाले यौन तथा प्रजनन स्वास्थ्य, किशोरी गर्भावस्था तथा सुरक्षित गर्भपतन, भेदभाव र लाञ्छना न्यूनिकरण सम्बन्धी अभिमुखीकरण गरेकाे छ ।

नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका सामुदायिक परामर्श दाता तथा साथी शिक्षकहरुलाई लक्षित गरि अभिमुखी करण कार्यक्रम गरिएको शाखा प्रबन्धक साेवाकान्त न्याैपानेले बताए । शाखा शाखा प्रबन्धक सोबाकान्त न्यौपाने र युएनएफपिए परियोजनाकी संयोजक सान्तोना कार्कीकाे प्रशिक्षणमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

पूर्वकार्य समिति सदस्य लेलिम थापा र सुरक्षा गिरीले आ-आफ्नो धारणा राखेका थिए । युएनएफपिए परियोजनाकी संयोजक सान्तोना कार्कीको सञ्चालनमा कार्यक्रम भएको हाे । शाखाका शाखा प्रबन्धक सोबाकान्त न्यौपानेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु साथै कार्यक्रमको बारेमा जानकारी दिए । कार्यक्रम शाखामा संचालन भएकाे जिसिएसिअाइ परियोजनाको आयोजना गरिएको हो ।

कार्यक्रम शाखाका युवा संयोजक मिलन खड्काकाे अध्यक्षता, नेपाल परिवार नियोजन संघ केन्द्रीय युवा संयोजक माला न्यौपानेकाे प्रमुख आतिथ्यता ,पकाड प्रोजेक्टको युथ च्याम्पीयन रेश्ना श्रेष्ठको स्वागतमा कार्यक्रम सम्पन्न भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस