तिनाउमा शैक्षिक सामाग्री र पोशाक वितरण

तिनाउमा शैक्षिक सामाग्री र पोशाक वितरण

गरिवीका कारण विद्यालय छोड्ने दर घटाउन तिनाउमा विद्यार्थी र अभिभावकलाई प्रोत्साहन गरिएको छ । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत तिनाउ गाउपालिकाले विद्यालय छोड्ने दर घटाउन विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु र विद्यालय पोशाक वितरण गरेको छ । त्यसैगरी अभिभावकहरुलाई स्वास्थ्य वीमा गरेको छ ।
तिनाउँ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरका अनुसार विद्यार्थीहरुलाई विद्यालयमा टिकाउनका लागि शैक्षिक सामाग्री, पोशाक तथा दिवा खाजाको व्यवस्था गरेको छ । गाउँपालिकाको वडा नं. १ र ६ मा अभिभावकको आर्थिक अवस्था सुदृण गराउन स्वास्थ्य वीमा गरिएको छ ।

वडा नं. १ कचलको झिंगामारा र ठूलीउदाङका सिद्ध आधारभूत विद्यालय र सरस्वती आधारभूत विद्यालय सहित वडा नं. १ र ६ का ४ सय विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा १ सय ८० जना विद्यार्थीहरुलाई पोषाक वितरण गरिएको मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमकी सहजकर्ता गीता कुमारी भट्टराइले बताइन् ।

तिनाउको वडा नं. १ र ६ का १ सय अभिभावकको स्वास्थ्य वीमा गरिएको छ । तिनाउ १ कचलका वडा सदस्य अमर तरामु मगरले १ सय विद्यार्थीका अभिभावकको स्वास्थ्य वीमाले गरिवी निवारणमा टेवा पुर्याएको बताए। तिनाउ गाउँपालिका शिक्षा शाखा प्रमुख लक्ष्मी कुँवरले शिक्षामा सहयोग र टेवा पुर्याउदै रोजगारी सिर्जना समेत कार्यक्रम फलदायी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस