आइपीएलको उपाधि मुम्बईलाई, हेर्नुहाेस्, कसले के पाए?

आइपीएलको उपाधि  मुम्बईलाई, हेर्नुहाेस्, कसले के पाए?

मुम्वई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई पाँच विकेटले हराउँदै आईपीएल क्रिकेट जितेको छ। मुम्वई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई पाँच विकेटले हराउँदै पाँचौ पटक आईपीएलको उपाधी हात पारेको हाे।

आईपीएलमा मुम्वईको यो लगातार दोस्रो जित हो। दिल्ली क्यापिटल्स पहिलो पटक फाइनलमा पुगे पनि इतिहास बनाउनबाट चुक्यो। टस जितेर ब्याटिङमा उत्रेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५७ रनको चुनौती दिएको थियो। मुम्वईले यो लक्ष्य १९ ओभरमा पाँच विकेट गुमाउँदै हाँसिल गर्यो। मुम्वईका लागि कप्तान रोहित शर्माले ६८ रन बनाए। ईशान किशनले ३३ रन र क्रुणाल पान्डेले एक रन बनाए।

दिल्लीका लागि कप्तान श्रेयस अय्यरले ६५ रन, ऋषभ पन्तले ५६ रन बनाए। उनीहरुले चौथो विकेटका लागि ९६ रनको साझेदारी गरे।

म्यान अफ द म्याच ट्रेन्ट बोल्टलाई ५ लाख भारु नगद पुरस्कारः

सुन्तला र प्याजी रङका क्यापका बिजेतालाई १०–१० लाख भारु नगद पुरस्कार

दिल्ली र मुम्बई टिममा १५–१५ करोडपति खेलाडीः

दिल्ली टिममा मुम्बईको तुलनामा ६.७ प्रतिशत बढी करोडपति खेलाडी रहे । यसमा ऋषभ पन्तलाई सबैभन्दा बढी १५ करोड भारु दिइयो । यो सिजनमा तीन टिम छन् जसमा १५ खेलाडीको मूल्य एक करोड वा सोभन्दा बढी छ । यसमा दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंगलुरु समावेश छन् ।

प्रतिक्रिया दिनुहोस